जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

February 25, 2006

वैदेशिक रोजगारमा जाने कामदारको बीमा अनिवार्य

म्यानपावरको कमिशन खेल अन्त्य हुने
कृष्ण ढुंगाना
काठमाडौं/सम्पूर्ण् वैदेशिक रोजगार व्यवसायलाई बद्नाम बनाउनेगरी आफ्नो निहित स्वार्थबाट प्रेरित भएर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको बीमा समेत नगर्ने प्रवृत्ति देखिएपछि सरकारले त्यसको समाधानको उपाय निकालेको छ । फागुन महिनाभित्र ल्याइन लागेको वैदेशिक रोजगारमा जाने श्रमिकको बीमालाई व्यवस्थित गर्ने एवं थप सुविधासहितको नयाँ वैदेशिक रोजगार बिमा नीतिले श्रमिक बीमालाई अनिवार्य पार्नेछ । (more…)

सात राजनीतिक दलहरूद्बारा आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा

२५ फेब्रुवरी २००६(एजेन्सीहरु)- सात राजनीतिक दलहरूको जनआन्दोलन परिचालन कमिटिको बसेको बैठकले आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको संचार माध्यमहरुमा उल्लेख छ। यसै क्रममा प्राप्त समाचार अनुसार,बैठकपछि घोषित आन्दोलनका कार्यक्रमहरुमा यही फागुन १८ गते दिउँसो देशव्यापी विद्यार्थीहरुले जुलुस प्रदर्शन गर्ने भएका छन् । त्यसैगरी फागुन १७ गनेदेखि २३ गतेसम्म नगरनिर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई पद त्याग गराउन विभिन्न कार्यक्रम संचालन गर्न जिल्ला जिल्लामा सर्वदलीय समन्वय समितिसमेत गठन गरेको बताइएको छ। त्यसैगरी २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौको ठहिटीबाट जुलुस निकाल्ने कार्यक्रम रहेको छ । २५ गते शाही आयोगको खारेजी, नगर निर्वाचन र निरंकुशताविरोधी आन्दोलनका विषयमा छलफल कार्यक्रम गरिने ।यसका साथै फागुन २७ गते देशव्यापी विरोध जुलुस आयोजना गर्ने बैठकले निर्णय गरेको छ।यसै क्रममा बैठकले थप कार्यक्रमहरु चाँडै र्सार्वजनिक गरिने उल्लेख गर्दै नजरबन्दमा रहेका सबै नेताहरुको रिहाइको माग गरेको छ। यसका साथै बैठकमा माओवादीका विषयमा समेत व्यापक छलफल भएको बुझिएका छ। बैठकले माओवादीलाई सात दलसँगको १२ बुँदे समझदारीको पालना गर्न आग्रह गर्दै शान्तिपूर्ण राजनीतिक मुलप्रवाहमा आउन आग्रह गरेको बताइएको समाचारमा जनाइएको छ।

नेपालमा सरकारले शान्ति सुरक्षामा खलल पु-याउने खतरा रहेको जनाउदै पक्राउ परेका कांग्रेस प्रवक्ताको रिहा !!!

२५ फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि पनि फेरि पक्राउ परेका नेपाली कांग्रेसका एकजना केन्द्रीय नेता विहिवार पुन: अदालतकै आदेशपछि मुक्त हुनुभएको प्राप्त समाचारमा जनाइएको छ। यसै बीच समाचारमा जनाइए अनुसार,नेपाली कांग्रेसका प्रवक्ता कृष्ण प्रसाद सिटौलालाई नजरबन्द गरी राख्‍नु पर्ने भनी सरकारद्वारा लिखित कारण दिइएपनि अदालतले उहांलाई नियन्त्रणमा राखिनुपर्ने कुनै आधार नदेखिएकोले रिहा गर्ने आदेश दिएको सर्वोच्च अदालतका अधिकारीहरूले जनाएका उल्लेख छ। (more…)

नेपालमा राजाको प्रत्यक्ष शासनको विरोधमा जारी आन्दोलनलाई फराकिलो पार्ने निर्णय,आन्दोलनकारी दलहरू छलफलमा व्यस्त

२४ फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले राजाको प्रत्यक्ष शासनको विरोधमा जारी आन्दोलनलाई फराकिलो पार्ने निर्णय गरेको छ।यसका साथै सादा पोशाकका सुरक्षाकर्मीहरूको कडा निगरानीकाबीच एमाले केन्द्रीय कार्यालय बल्खुमा भएको दुइदिने बैठक प्रतिकुल परिस्थीतिका बावजुद महत्वपूर्ण निर्णय लिन सफल भएको उक्त दलले जनाएको संचार माध्यमहरुमा जनाइएको छ । (more…)

February 23, 2006

नेपाली कांग्रेस एकिकरण गर्ने विषयमा दुई पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता

२३फेब्रुवरी २००६(एजेन्सीहरु)-
नेपालमा चार वर्ष अघि फुटेको नेपाली कांग्रेसलाई एकिकरण गर्ने विषयमा दुई पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,मूल पार्टीबाट अलग्गिएको नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेर वहादुर देउवाले वुधबार नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालासंग एक घण्टा भन्दा बढि समय कुराकानी गर्नुभयो।सभापति कोइरालाले गृहनगर विराटनगरबाट पार्टी एकिकरणको प्रयास थालिने घोषणा गर्नुभएको तीन दिनपछि कोइराला र देउवाबीच लामो कुराकानी भएको जनाइएको छ। (more…)

February 22, 2006

नेपालमा राजनीतिक दलहरु र माओवादीबीचको १२ बुँदे समझदारी जनताको भावनालाई सम्बोधन गरी निर्माण गरिएको हुँदा त्यसलाई तोड्ने अधिकार कसैलाई नभएको

२२ फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुले दल माओवादीबीचको १२ बुँदे समझदारी नेपाली जनताको भावनालाई सम्बोधन गरी निर्माण गरिएको हुँदा त्यसलाई तोड्ने अधिकार कसैलाई नभएको बताउनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार, राजनीतिक दलका नेताहरुले राजधानी काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै १२ बुँदे समझदारीका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न शंकालाई मेट्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिनुभएको छ ।यसका साथै नेपाली कांग्रेसका प्रवक्ता कृष्णप्रसाद सिटौलाले दल र माओवादीबीचको १२ बुँदे समझदारी मुलुकलाई शान्तिका दिशातर्फउन्मुख गराउने ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । उहाँले १२ बुँदे समझदारी जनताको सम्पक्ति भएको बताउँदै भन्नुभयो-जनताको सम्पत्तिलाई तोड्ने भाँच्ने अधिकार कसैसँग पनि छैन । १२ बुँदे समझदारीमा अस्पष्टता बारेमा कसैले कुरा उठाएमा त्यसलाई निवारण गर्नेतर्फलाग्नुपर्ने पनि उहाँको भनाइ थियो । उहाँले भन्नुभयो-अमेरिकी राजदूत मोरियार्टीको भनाइलाई लिएर आपत्ति जनाउनुपर्ने अवस्था छैन बरु समझदारीमा शंका भए त्यसको निवारण गर्नुपर्छ । राजा हार्दै गएको दाबी गर्दै उहाँले भन्नुभयो-राजाद्वारा गरिएको संवादको आव्हान गुलियो विषको ट्याब्लेट हो । उहाँले आन्दोलनको विकल्प नभएको बताउँदै राजासँग तत्काल संवाद हुन नसक्ने बताउनुभयो । नेपाली कांग्रेस छिट्टै एकीकरण हुने दिशातर्फउन्मुख भएको बताउँदै उहाँले एकता अनिवार्य भएको बताउनुभयो । उहाँले प्रजातन्त्रवादीहरुले कांग्रेस एकीकरणको आग्रह गरिरहेको अवस्थामा पार्टी सभापति गिरिजाप्रसाद कोइराला पार्टी एकीकरणका लागि सक्रिय हुनुभएको बताउनुभएको जनाइएको छ। (more…)

February 21, 2006

बर्डफ्लु भाइरसको प्राणघातक प्रजाती H5N1 भारतमा पनि संक्रमण

नेपाल सरकारद्वारा भारतबाट हुने पक्षीजन्य उत्पादनको आयातमा प्रतिबन्ध
२१ फेब्रुवरी २००६(एपी /एएफपी)-नेपाल सरकारद्वारा पक्षीहरूमा लाग्ने एकप्रकारको रूघाजस्तो रोग बर्डफ्लु भाइरसको प्राणघातक प्रजाती H5N1 भारतमा पनि फेला परेपछि भारतबाट हुने पक्षीजन्य उत्पादनको आयातमा प्रतिबन्ध लगाइएको प्राप्त समाचारमा जनाइएको छ। यसै बीच समाचारमा जनाइए अनुसार,बर्ड फ्लुको संक्रमण रोक्न पशुसेवा कार्यालयका देशभरीका शाखाहरू र सिमाक्षेत्रका पशु क्वारेन्टाईन जाँचचौकीहरूलाई उच्च सतर्कतामा राखिएको अधिकारीहरूले जनाएका उल्लेख छ। (more…)

February 20, 2006

नेपालमा काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा प्रजातन्त्र पुनस्थापनाको माग गर्दै विरोध प्रर्दशनहरू !!!

राजाको सन्देशप्रति दलहरु निरुत्साहित
२० फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा काठमाडौं लगायत देशका विभिन्न ठाउँहरुमा प्रजातन्त्र पुनस्थापनाको माग गर्दै विरोध प्रर्दशनहरू भएका र साथै श्री ५ ज्ञानेन्द्रबाट प्रजातान्त्रिक प्रकृयालाई सकृय तुल्याउन गरिबक्सेको आह्वानप्रति आन्दोलनरत प्रमुख राजनीतिक दलहरूको प्रारम्भिक प्रतिकृया सकारात्मक नदेखिएको प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,माघ १९ को शाही कदमका विरुद्ध हुने प्रदर्शनहरू नियमित जस्तै बन्न थालेका छन् र ति दलका नेताहरूले राजाको सन्देशले एकबर्ष अघिको शाही कदमले लिएको दिशालाई निरन्तरता दिने कुरा गरेको र सहमतिका लागि कुनै ठोस कदम चालेको नदेखिएकोले आफूहरू उत्साहित हुन नसकेको बताएका जनाइएको छ। (more…)

नेपालमा श्री ५ ज्ञानेन्द्रद्वारा हालै सम्पन्न नगर निर्वाचनमा प्रजातन्त्रको विजयी भएको हुकुम बक्स

२० फेब्रुवरी २००६(एजेन्सीहरु)- नेपालमा श्री ५ ज्ञानेन्द्रद्वाराबाट प्रजातन्त्र दिवसका अवसरमा सन्देश बक्सँदै हालै सम्पन्न नगर निर्वाचनमा प्रजातन्त्र विजयी भएको हुकुम बक्स भएको समाचार छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,सन्देशमा प्रतिकूल बनाउन खोजिएको परिस्थितिमा पनि नेपाली जनताले देखाएको साहस प्रशंसनीय छ भन्दै जनताको दृढताले नै यो चुनावमा प्रजातन्त्र विजयी भएको उल्लेख छ। उक्त नगर निर्वाचनमा नेपालको इतिहासमा नै सबैभन्दा कम २१ प्रतिशत मत मात्र खसेको थियो भने आधाभन्दा बढी पदहरु उम्मेदवार नै नपाई खाली छन्। कतिपय स्थानमा अरु उम्मेदवार नभेटिएपछि निर्विरोध निर्वाचित घोषणा गरिएको थियो। श्री ५ बाट अवरुद्ध भएको प्रजातान्त्रिक प्रक्रियालाई सक्रिय तुल्याउन इच्छुक दलहरुलाई देशको बृहत् हितमा अगाडि आउन आव्हानसमेत गरिबक्सेको छ । प्रजातन्त्र दिवसका दिन बक्सिएको सन्देशमा सहमति र समझदारी बढाई शान्ति र प्रजातन्त्रलाई बलियो बनाउन आह्वान गरिबक्सँदै बाटोबिराएकाहरुलाई हत्या हिंसा र विध्वंसको कुबाटो छाडेर शान्ति र बहुदलीय प्रजातन्त्रको जनहितकारी बाटोमा आउन ढिला गर्न नहुने उल्लेख गरिएको छ। मौसूफबाट प्रजातन्त्र दिवस सबै प्रजातन्त्रवादीबीच सहमति र समझदारीको चरण प्रारम्भ गर्न उत्प्रेरित हुने आशा पनि व्यक्त गरिबक्सेको छ।
आज जारी सन्देशको पुरा विवरण:- (more…)

सरकारले पट्रोलियम पदार्थको मूल्य बढाएको विषयलाई लिएर विभिन्न विरोध-प्रदर्शन

नेपालमा सरकारले पट्रोलियम पदार्थको मूल्य बढाएको विषयलाई लिएर विभिन्न क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका प्राप्त समाचारहरुमा जनाइएको छ। त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,क्याम्पस विदाको दिन भए पनि विद्यार्थीहरुले अमृत साइन्स क्याम्पस लैनचौरमा विरोध प्रदर्शन गरेका थिए । यसका साथै ताहचल, चवहिलको पशुपति, पाटन संयुक्तलगायतका क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी विर्द्यर्थीबीच केहिवेर दोहोरो झडप समेत भएको थियो । विरोध प्रदर्शनका कारण बिहान उपत्यकाको सवारी सञ्चालनमा समेत केहि समय अवरोध भएको थियो । उनीहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका उल्लेख छ। (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons