नेपालमा शाही कदमका विरुद्ध अन्तराष्ट्रिय जनमत सिर्जना गर्नका लागि हृवाइटहाउस अगाडि २ सय नेपालीहरुको विरोध र्याली
३१ जनवरी २००६(एजेन्सीहरु) -नेपालमा गत वर्षमाघ १९ को शाही कदमका विरुद्ध डीसीबासी नेपालीहरुले एक विरोध र्यालीको आयोजना गरेका छन् ।शाही कदमका विरुद्ध अन्तराष्ट्रिय जनमत सिर्जना गर्नका लागि हृवाइटहाउस अगाडि सम्पन्न विरोध र्यालीमा झण्डै २ सय नेपालीहरुको सहभागीता रहेको समाचारमा छ। त्यसैगरी समाचारमा उल्लेख भए अनुसार,उक्त अवसरमा नेपालमा लोकतन्त्र बहाली, मानवअधिकारको ग्यारेन्टी, राजनीतिक बन्दीहरुको विना र्सत रिहा, सैनिक घेराभित्र गरिन लागेको नगर निर्वाचनको स्थगन गरिनुपर्ने, माओवादी र सात दलबीचको १२ बुँधे सहमतीका आधारमा द्धन्द्ध समाधानका लागि पहल गरिनुपर्ने, प्रेस स्वतन्त्रताको बहाली लगायतका मागको नारा, प्लेकार्ड र व्यानर सहितको जुलुसले हृवाइट हाउस अगाडि परिक्रमा गरेको समाचारमा उल्लेख छ।
त्यसैगरी जुलुसका सहभागीहरुले राजतन्त्रका विरुद्ध उत्तेजित नाराबाजी समेत गरेका थिए । लोकतन्त्रप्रेमी डीसीबासी नेपालीहरुको सक्रियतामा गत वर्षगठन गरिएको डीसी र्याली आयोजक समितिको आहृवानमा सम्पन्न विरोध कार्यक्रममा अमेरिका नेपाल मानवअधिकार समितिका अध्यक्ष डा.बलराम अर्याल, डा. श्याम कार्की, अमेरिका नेपाल सोसाइटीका उपाध्यक्ष विष्णु थापा, एएनएका पर्ूव अध्यक्ष कृष्ण निरौला, बाल्टिमोर नेपाली समाजका मोहन थापा, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य निलकण्ठ शर्मा लगायतका वक्ताहरुले शाही कदमको विरोध गर्दै नेपालमा लोकतन्त्र स्थापनाका लागि नेपालमा भइरहेको नागरिक आन्दोलनप्रति ऐक्यवद्दता जनाएका थिए ।
यसै क्रममा एम्नेष्टी इन्टरनेशनलका एसिया प्रशान्त क्षेत्रका निर्देशक टी कुमारले नेपालमा भइरहेको मानवअधिकारको उल्लघंन र प्रेसमाथिको ज्यादतीका विरुद्ध अन्तराष्ट्रिय रुपमा उठेको विरोधको स्वरलाई अझै शसक्त बनाउनुपर्ने जोड दिनुभएको थियो । उहाँले नेपाली जनताको लोकतान्त्रिक आन्दोलनप्रति अन्तराष्ट्रिय ऐक्यवद्दता बढ्दै गइरहेको चर्चा गर्दै अमेरिकी सरकारले नेपाललाई दिइरहेको सैन्य तालिम लगायतका सहयोग बन्द गरी लोकतन्त्र स्थापनाका लागि थप दवाव दिनुपर्ने बताउनुभयो ।
यसका साथै डीसी र्यालीलाई ऐक्यवद्दता जनाउन अन्य राज्यहरुबाट समेत केही नेपालीहरु विरोध कार्यक्रममा सहभागी भएका थिए । त्यस क्रममा न्युयोर्कबाट सहभागी हुन आइपुग्नुभएका संजय पराजुलीले पनि ऐक्यवद्दता मन्तव्य प्रकट गर्नुभएको थियो ।सोही अवसरमा जुलुसका सहभागीहरुले लोकतान्त्रिक कविता बाचन गरी कार्यक्रमलाई रोचकता प्रदान गरेका थिए । उक्त अवसरमा कविता वाचन गर्नेहरुमा डा. हरिराज भट्टर्राई, प्रा.मोहन सिटौला, अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रेम संग्रौला, टीका पुन, हृदेश अधिकारी, कृष्ण कँडेल हुनुहुन्थ्यो । कार्यक्रममा ९ वषिर्य बालक शिव आचार्यले पनि शाही कदमका विरुद्द चर्चा गर्दै प्रजातन्त्रको विकल्प नभएको रोचक मन्तव्य व्यक्त गरेका थिए । जुलुसमा नेपालप्रेमी अमेरिकी र अन्य विदेशी नागरिकहरुको समेत सहभागीता रहेको थियो । शाही कदमको विरोधमा आउँदो बुधबार फेव्रुअरी १ का दिन न्युयोर्क लगयातका अन्य राज्यहरुमा पनि विरोध र्याली हुने भएको छ ।
यसै बीच उता फेव्रुअरी १ को शाही कदमको विरोधमा विश्वका विभिन्न २५ भन्दा बढी राष्ट्रहरुमा बसोबास गर्दै आएका नेपालीहरुले विरोध र्यालीको तयारी गरेको कुरा ती राष्ट्रहरुमा बसोबास गर्ने ४१ संस्थाहरुको संयुक्त विज्ञप्तिमा जनाइएको प्राप्त समाचारमा उल्लेख छ।

गृह पृष्ठ
