अमेरिकाले हमासको नियन्त्रणमा रहने प्यालेष्टिनी सरकारलाई कुनै पनि आर्थिक सहायता नदिने
सुश्री अञ्जु थापा (युरोप)
३१ जनवरी २००६(एपी /एएफपी)- अमेरिकी परराष्ट्र मन्त्री कोन्दोलिजा राइसले प्यालेष्टाइनी विधायिकाको निर्वाचनमा विजय हासिल गरेको प्यालेष्टिनी इस्लामिक प्रतिरोधी आन्दोलन, हमासको नियन्त्रणमा रहने प्यालेष्टिनी सरकारलाई अमेरिकाले कुनै पनि आर्थिक सहायता नदिने कुरा र साथै उहाँले हमासलाई सहायता दिने कार्य स्थगित गर्न अरबेली मुलुकहरु लगायतका अन्य मुलुकहरुलाई पनि अमेरिकाले आग्रह गरेको कुरा बताउनु भएको समाचारमा छ।
त्यसैगरी समाचारमा जनाइए अनुसार, मध्य-पूर्व समस्या सम्बन्धी सम्मेलनमा सहाभागी हुन लण्डन जानलागेकी राइसले श्री अब्बासको नेतृत्वमा रहेको प्यालेष्टिनी सरकारलाई सहायता दिने वचनवद्धताको मात्र बुश सरकारले पालना गर्ने कुरा वताउँदै इजरेललाई सखाप पार्ने धम्की दिने संगठनलाई अमेरिकाले सहायता उपलव्ध गराउन नसक्ने कुरा बताउनुभएको छ।
यसका साथै परराष्ट्र मन्त्री राइसले हमासले सत्तामा आउन चाहने हो भने वास्तविक तथ्य र तिनीहरुको कार्यक्रम बीचको भिन्नतामा परिवर्तन गर्नुपर्छ अर्थात यो नै मध्यपूर्व समस्याको समाधान गर्ने क्रममा अमेरिकाले सर्वप्रथम विचार गर्नुपर्ने विषय हो भन्नुभएको समाचारमा जनाइएको छ।
यसै बीच उता गाजामा रहनुभएका हमासका नेता माहमौद जाहारले सोही दिन आफ्नो संगठन इजरेललाई मान्यता नदिने अडानमा डटिरहने कुरा बताउनु भएको छ। यसका साथै उहाँले इजरेलसित लामो समयसम्म युद्ध-विराम गर्नसक्ने सम्भावना पनि व्यक्त गर्नुभएको समाचारमा उल्लेख छ।

गृह पृष्ठ
