जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 30, 2006

नगरपालिका निर्वाचनमा उम्मेदवारी दिएकाहरु मध्ये सुरक्षाको कारण ६०० ले आफ्नो नाम फिर्ता

३० जनवरी २००६(एजेन्सीहरु)-नेपालमा प्रस्तावित नगर पालिका निर्वाचनमा उम्मेदवारी दिनेहरूको संख्या अरू घटेको छ।साढे तीनहजार भन्दाबढीले उम्मेदवारी दिएकामा ६०० ले आफ्नो नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको समाचारमा उल्लेख छ। त्यसैगरी समाचारमा जनाइए अनुसार,जम्मा पदहरू भन्दा उम्मेदवार कम भएको, सयौं पदमा उम्मेदवारी नपरेको र अरू सयौं पदहरूमा निर्विरोध उमेदवारी परेको नेपालको चुनावी इतिहासमा यो पहिलो घटना हो।

त्यस्तै उम्मेदवारीको दावी, विरोध र नाम फिर्तालिने म्याद सकिएपछि अब प्रस्तावित नगरपलिकाको चुनावी प्रकृयमा मतदानको अन्तिम चरण मात्र बाँकी रहेको छ।यसका साथै माघ २६ गते हुने भनिएको उक्त मतदानका निम्ति उम्मेदवारी दिनेहरूको संख्या कम रहेकोले मतदाताहरूलाई धेरै विकल्प हुने छैन।त्यस्तै निर्वाचन आयोगले १,००० भन्दाबढी पदमा उमेदवारी नै नपरेको र ति मध्ये अधिकांश वडाध्यक्ष र वडा सदस्य पदहरू रहेको जनाएको छ।
त्यसैगरी २२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरी सयौं पदहरूमा एकभन्दाबढी उम्मेदवार नभएकाले चुनाव निर्विरोध हुनपुगेको छ।यसका साथै सात प्रमुख दलहरूको सकृय बहिष्कार अभियान र माओवादी विद्रोहीहरूको ज्यानलिने धम्कीकाबीच नगरपालिकाको चुनाव प्रभावित भएको देखिएको छ।
यसै क्रममा सुरक्षाको कारण दर्शाइ कतिपय उम्मेदवारहरूलाई कडा सुरक्षाका साथ विभिन्न जिल्लाका सरकारी भवनहरूमा एकसाथ राखिएको छ।कम उम्मेदवारी र मनोनयन फिर्तालिनेह‌रूको ठुलो संख्या चुनाव बहिष्कार गर्नेहरूको सफलता हो भन्ने आलोचकहरूको दावी छ।त्यस्तै अधिकारीहरूले ज्यानको खतरा मोलेर भएपनि त्यति संख्यामा उम्मेदवारी पर्नु कम ठुलो कुरा होइन भन्दै विपक्षीहरूको भनाइको खण्डन गरेका समाचारमा उल्लेख छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/01/30/nepalelection-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons