जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 30, 2006

माओवादीद्वारा ललितपुरका मेयर पदका उम्मेद्धार राईमाथि गोली प्रहार

सरकारले सुरक्षा नदिएको पीडित परिवारको आरोप
काठमाडौं, माघ १७
माओवादीहरुको एक समूहले ललितपुर उपमहानगरपालिकाको मेयर पदका एक जना प्रत्यासी दलबहादुर राईको गोली हानी हत्या गर्ने प्रयास गरेका छन् । आज अपरान्ह सवा २ बजे ललितपुरको मानभवनस्थित आफ्नो निजी कम्पनी नमस्ते कन्स्ट्रक्सनको कार्यालयमा बसीरहेको अवस्थामा आएका दुइ जना बन्दुकधारीले राईमाथि गोली प्रहार गरेका थिए । राईलाई बाया हातको पछाडीपट्टी गोली लागेको छ । घाइते राईको पाटन अस्पतालमा उपचार भइरहेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी तर्फबाट ललितपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार भएका राई कन्स्ट्रसन कार्यालयमा बसीरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार बा. ५ प अल्फावेटको नम्बर नखुलेको मोटरसाइकलमा आएका दुइ जनामध्ये एक जना कार्यालयभित्र पसी गोली प्रहार गरेका थिए भने अर्का एक व्यक्ति मोटरसाइकलमै बसेका थिए ।
राईलाई गोली प्रहार हुनेवित्तिकै उनका अन्य सहयोगीले गोली प्रहार गर्नेलाई समात्ने प्रयास गर्दागर्दै मोटरसाइकल चढेर कुसुन्ती तर्फफरार भएका थिए ।
राईमाथि गोली हानिएको नमस्ते कन्स्ट्रक्सन जिल्ला प्रशासन कार्यालय ललितपुरबाट १ सय मिटर मात्र टाढा छ । गोली लागि घाइते भएका राईलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका स्थानीय विकास मन्त्री टंक ढकालले घटनालाई सामान्य रुपमा लिएको बताउनुभयो ।
उहाँले नगर निर्वाचनका क्रममा उम्मेदवार भएकालाई सरकारले सुरक्षा दिएको दाबी समेत गर्नुभएको छ । सरकारले यसलाईसामान्य घटनाको रुपमा लिएको छ, मन्त्री ढकालले भन्नुभयो ।
स्थानीय विकास सहायकमन्त्री रोशन कार्कीले भने घाइते राईले सुरक्षा नचाहिने बताएकाले उनलाई कुनै सुरक्षा नदिइएको बताउनुभयो । तर मेयर प्रत्यासी राईका छोरा कमलजंग राईले भने सरकारले सुरक्षाको व्यवस्था राम्रो भएको आश्वासन दिँदै आफ्नो पितालाई उम्मेदवार बनाएको बताएका छन् । ‘सुरक्षा प्रबन्ध राम्रो छैन भनेको भए बाबा चुनाव लड्नु हुने थिएन, सरकारले मेरो बाबाको ज्यानको सुरक्षाको ग्यारेण्टी गर्छु भनी उम्मेद्धार बनाएको थियो,’ आँखाबाट आँसु झार्दै राईले भने ।
राईकी श्रीमती विष्णुमाया राईले यसअघि कुनै धम्की नआएको बताउनुभयो । श्रीमती विष्णुमायाका अनुसार घाइते राइको सुरक्षार्थ एक जना सादा पोशाकका सुरक्षाकर्मी भने खटिएका थिए । घाइते राई राष्ट्रिय भूपू सैनिक संघका अध्यक्ष पनि हुनुहुन्छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/01/30/attackonelectioncandidate/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons