नगर निर्वाचनको सुरक्षाको जिम्मेवारी शाही नेपाली सेनालाई
सरकारले यही माघ २६ गते हुने नगर निर्वाचनको सुरक्षाको जिम्मेवारी शाही नेपाली सेनालाई दिएको छ । आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा, शाही नेपाली सेनाका प्रवक्ता सहायक रथी नेपालभुषण चन्दले भन्नुभयो “आउँदो निर्वाचनमा सुरक्षा व्यवस्था कायम गर्न सरकारबाट शाही नेपाली सेनालाई म्याण्डेट प्राप्त भएको छ ।”
सैनिक प्रवक्ता चन्दका अनुसार, निर्वाचन बिथोल्नका लागि हुने प्रयासलाई सेनाले, कानुन भित्र रहेर नियन्त्रण गर्नेछ ।
…… बाइट
माओवादीबाट हुन सक्ने हिंसात्मक गतिबिधिलाई ध्यानमा राख्दै सेनालाई नगर निर्वाचनको सुरक्षाको जिम्मेवारी दिइएको हो ।
निर्वाचन बहिष्कार गर्ने अभियानमा लागेका राजनीतिक दलका गतिविधिहरुप्रति सेनाको कस्तो रवैया हुनेछ भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।
नगर निर्वाचनका लागि सुरक्षा दिन शाही नेपाली सेना सक्षम रहेको उल्लेख गर्दै सैनिक प्रवक्ता चन्दले भन्नुभयो “बिगतका निर्बाचनहरुमा पनि सेनाले सुरक्षा प्रदान गरेको अनुभब छ ।”
शाही नेपाली सेना मानवअधिकार संरक्षणमा कटिबद्ध रहेको उल्लेख गर्दै प्रवक्ता चन्दले सेनाभित्र बिगतमा भन्दा अहिले मानवअधिकार संरक्षणका बारेमा धेरै नै सकारात्मक परिबर्तन आएको बताउनु भयो ।
यसैक्रममा प्रवक्ता चन्दले माओबादी बिरुद्धको कारबाही जारी रहेको र दोस्रो शान्ति बार्ता भंग भए यता हालसम्म पाच हजार ३ सय ६१ जना माओबादीको मृत्यु भएको जानकारी दिनुभयो । यस अबधिमा सुरक्षा कारबाहिका क्रममा ५ सय ८१ जना सैनिकको मृत्यु भएको छ ।

गृह पृष्ठ
