जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 31, 2006

बेल्जियमको राजधानी ब्रशेल्स्मा रहेको यूरोपियन काउन्सिल अगाडी नेपालीहरुको बिशाल बिरोध सभा हुने

सुश्री अञ्जु थापा (युरोप)
३१ जनवरी २००६(बेल्जियम)-नेपालमा निरंकुष राजशत्ताले गत सालको फेब्रुवरी १ देखी लगाउदै आएको फांसीबादी शत्ताको अन्त्य तथा लोक तान्त्रिक गणतन्त्रको स्थापनाको पक्षमा विश्व जनमत श्रृजनागर्ने ,मानब अधिकार हननका जघन्य अपराधहरुका विरुद्ध डटेर मुकाबिला गर्ने उदेश्यका साथ बेल्जियमको राजधानी सहर ब्रशेल्स्मा यूरोप स्तरिय बिशाल सान्तिपूर्ण् विरोध पर्रदर्शनको आयोजना हुने भएको समाचारमा छ । त्यसैगरी समाचारमा उल्लेख भए अनुसार, उक्त कार्यक्रमको आयोजक संथा बेल्जियम स्थित “यूरोपियन सोलिडायरीटी फर डेमोक्रेसी (European Solidarity for Democracy)र “नेपाली जन प्रगतिशील मंच,” बेल्जियमको संयूक्त पहलमा गर्न लागिएको र नेपाली जनताको आफ्नो भाग्यको फैसला आफैले गर्न पाउने अधिकार सुनिस्चित गर्ने दिशामा अगाडि बढ्न अन्तराष्ट्रिय जगतका न्यायपे्रमी जनसमुदाय , संघ ,संगठन तथा ब्यक्तिहरुको सकृय पहलमा नेपालको कालो दिन भनेर चिनिने आउदो १ फेब्रुवरी २००६ का दिन यो बिरोध कार्यक्रम हुन गइरहेको समाचारमा जनाइएको छ । यसै क्रममा १ फेब्रुवरी भनेर चिनिने कालो दिनमा बिश्वका अन्य कैयौ मूलुकका राजधानी शहरहरुमा पनि बिरोध पर्रदर्शन गरिने भएको समाचारहरुमा जनाइएको छ ।

दुवइमा सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु

३१ जनवरी २००६(एजेन्सीहरु)-युएइमा तीन नेपाली कामदारको सवारी दुर्घटनामा परी निधन भएको र यसरी ज्यान गुमाउनेहरुमा झापा लखनपुरका ३१ वर्षीय अशोक राइ, बुटवलका ३८ वर्षीय चन्द्र गुरुङ र म्याग्दीका ४५ वर्षीय गमबहादुर गर्बुजा रहेको प्राप्त समाचारमा जनाइएको छ। यसै बीच समाचारमा जनाइए अनुसार,शनिबार कामको सिलसिलामा दुवइबाट कुजेरातर्फजाँदै गर्दा गाल्वा भन्ने स्थानमा दुर्घटनामा परी उनीहरुको मृत्यु भएको र यसै क्रममा ज्यान गुमाउने सबै जना दुवइस्थित अल हुक स्काफोण्डिङ्ग कम्पनीका कामदार भएको समाचारमा उल्लेख छ ।

अमेरिकाले हमासको नियन्त्रणमा रहने प्यालेष्टिनी सरकारलाई कुनै पनि आर्थिक सहायता नदिने

सुश्री अञ्जु थापा (युरोप)
३१ जनवरी २००६(एपी /एएफपी)- अमेरिकी परराष्ट्र मन्त्री कोन्दोलिजा राइसले प्यालेष्टाइनी विधायिकाको निर्वाचनमा विजय हासिल गरेको प्यालेष्टिनी इस्लामिक प्रतिरोधी आन्दोलन, हमासको नियन्त्रणमा रहने प्यालेष्टिनी सरकारलाई अमेरिकाले कुनै पनि आर्थिक सहायता नदिने कुरा र साथै उहाँले हमासलाई सहायता दिने कार्य स्थगित गर्न अरबेली मुलुकहरु लगायतका अन्य मुलुकहरुलाई पनि अमेरिकाले आग्रह गरेको कुरा बताउनु भएको समाचारमा छ। (more…)

नेपालमा शाही कदमका विरुद्ध अन्तराष्ट्रिय जनमत सिर्जना गर्नका लागि हृवाइटहाउस अगाडि २ सय नेपालीहरुको विरोध र्‍याली

३१ जनवरी २००६(एजेन्सीहरु) -नेपालमा गत वर्षमाघ १९ को शाही कदमका विरुद्ध डीसीबासी नेपालीहरुले एक विरोध र्‍यालीको आयोजना गरेका छन् ।शाही कदमका विरुद्ध अन्तराष्ट्रिय जनमत सिर्जना गर्नका लागि हृवाइटहाउस अगाडि सम्पन्न विरोध र्‍यालीमा झण्डै २ सय नेपालीहरुको सहभागीता रहेको समाचारमा छ। त्यसैगरी समाचारमा उल्लेख भए अनुसार,उक्त अवसरमा नेपालमा लोकतन्त्र बहाली, मानवअधिकारको ग्यारेन्टी, राजनीतिक बन्दीहरुको विना र्सत रिहा, सैनिक घेराभित्र गरिन लागेको नगर निर्वाचनको स्थगन गरिनुपर्ने, माओवादी र सात दलबीचको १२ बुँधे सहमतीका आधारमा द्धन्द्ध समाधानका लागि पहल गरिनुपर्ने, प्रेस स्वतन्त्रताको बहाली लगायतका मागको नारा, प्लेकार्ड र व्यानर सहितको जुलुसले हृवाइट हाउस अगाडि परिक्रमा गरेको समाचारमा उल्लेख छ। (more…)

‘के सोचेँ मैले, के भयो अहिले !’

कृष्णमुरारी भण्डारी
महाराजले शासनसत्ता लिएको भोलिदेखि दोस्रो वर्ष लाग्छ । महाराजबाट तीन वर्षअघि ०५९ असोज १८ गते निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त र आमचुनाव पन्छाई इच्छाएको व्यक्तिलाई प्रधानमन्त्री र मन्त्री नियुक्त गर्न थालिबक्सेको हो । ०६१ माघ १९ गतेदेखि त महाराज स्वयंले मन्त्रीपरिषद् नै आफ्नो अध्यक्षतामा बनाइबक्स्यो । त्यस दिनको महाराजको रेडियो र टेलिभिजनको भाषण सर्वसाधारणलाई जुरुक्क-जुरुक्क पार्ने खालको थियो । (more…)

January 30, 2006

माओवादीद्वारा ललितपुरका मेयर पदका उम्मेद्धार राईमाथि गोली प्रहार

सरकारले सुरक्षा नदिएको पीडित परिवारको आरोप
काठमाडौं, माघ १७
माओवादीहरुको एक समूहले ललितपुर उपमहानगरपालिकाको मेयर पदका एक जना प्रत्यासी दलबहादुर राईको गोली हानी हत्या गर्ने प्रयास गरेका छन् । आज अपरान्ह सवा २ बजे ललितपुरको मानभवनस्थित आफ्नो निजी कम्पनी नमस्ते कन्स्ट्रक्सनको कार्यालयमा बसीरहेको अवस्थामा आएका दुइ जना बन्दुकधारीले राईमाथि गोली प्रहार गरेका थिए । राईलाई बाया हातको पछाडीपट्टी गोली लागेको छ । घाइते राईको पाटन अस्पतालमा उपचार भइरहेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी तर्फबाट ललितपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार भएका राई कन्स्ट्रसन कार्यालयमा बसीरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार बा. ५ प अल्फावेटको नम्बर नखुलेको मोटरसाइकलमा आएका दुइ जनामध्ये एक जना कार्यालयभित्र पसी गोली प्रहार गरेका थिए भने अर्का एक व्यक्ति मोटरसाइकलमै बसेका थिए । (more…)

नगर निर्वाचनको सुरक्षाको जिम्मेवारी शाही नेपाली सेनालाई

सरकारले यही माघ २६ गते हुने नगर निर्वाचनको सुरक्षाको जिम्मेवारी शाही नेपाली सेनालाई दिएको छ । आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा, शाही नेपाली सेनाका प्रवक्ता सहायक रथी नेपालभुषण चन्दले भन्नुभयो “आउँदो निर्वाचनमा सुरक्षा व्यवस्था कायम गर्न सरकारबाट शाही नेपाली सेनालाई म्याण्डेट प्राप्त भएको छ ।”
सैनिक प्रवक्ता चन्दका अनुसार, निर्वाचन बिथोल्नका लागि हुने प्रयासलाई सेनाले, कानुन भित्र रहेर नियन्त्रण गर्नेछ । (more…)

नगरपालिका निर्वाचनमा उम्मेदवारी दिएकाहरु मध्ये सुरक्षाको कारण ६०० ले आफ्नो नाम फिर्ता

३० जनवरी २००६(एजेन्सीहरु)-नेपालमा प्रस्तावित नगर पालिका निर्वाचनमा उम्मेदवारी दिनेहरूको संख्या अरू घटेको छ।साढे तीनहजार भन्दाबढीले उम्मेदवारी दिएकामा ६०० ले आफ्नो नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको समाचारमा उल्लेख छ। त्यसैगरी समाचारमा जनाइए अनुसार,जम्मा पदहरू भन्दा उम्मेदवार कम भएको, सयौं पदमा उम्मेदवारी नपरेको र अरू सयौं पदहरूमा निर्विरोध उमेदवारी परेको नेपालको चुनावी इतिहासमा यो पहिलो घटना हो।
(more…)

नेपालमा सरकार पक्षधर उम्मेदवारलाई जवर्जस्ती निर्विरोध गराइएको आरोपहरू

३० जनवरी २००६(एजेन्सीहरु)-नेपालमा नगर निर्वाचनका लगि उमेदवारहरूले आइतबार चुनाव चिन्ह प्राप्त गरिसक्दापनि अझै चुनावी सरगर्मी बढ्न नसकेको र यसका साथै बहिष्कार, दवाब र धम्की सहेर पनि उमेदवारी दिएकाहरू माघ २६ को प्रतिक्षा घरमै बसेर गरिरहेका प्राप्त समाचारमा जनाइएको छ।
यसै बीच समाचारमा जनाइए अनुसार,विराटनगर उपमहानगरपालिका सहित पूर्वाञ्चलका १४ वटा नगरपालिका मध्ये कतिपयमा सरकार पक्षधर उम्मेदवारलाई जवर्जस्ती निर्विरोध गराइएको आरोपहरू उम्मेदवारहरूले नै लगाएका छन्।त्यसैगरी कडा सुरक्षा व्यवस्थाकाबीच सरकारी नियन्त्रणमा रहेका कतिपय उम्मेदवारहरूलाई चाहिं शनिवार उम्मेदवारी समेत फिर्ता गर्न नदिइएको उल्लेख छ। (more…)

रुसमा इरानको यूरेनियम सघन पार्ने योजनामा अझ बढी मुलुकको संलग्नतालाई इरान तथा रुसले स्विकार

सुश्री अञ्जु थापा (युरोप)
३० जनवरी २००६(एपी)- इरानका विदेश मन्त्री मानौचेर मोटाकीले तेहरानमा बोल्दै रुसमा इरानको यूरेनियम सघन पार्ने योजनामा अझ बढी मुलुकको संलग्नतालाई इरान तथा रुसले स्विकार गरेको र साथै यस प्रकारको सम्झौता सम्पन्न हुनका लागि अझ धेरै छलफल गर्नुपर्ने कुरा पनि बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ। यसै बीच समाचारमा जनाइए अनुसार,इरानको इस्लामिक क्रान्ति रक्षा फौजका कमान्डर याहया रहीम साफाभिल तेहरानमा बोल्दै प्रहारमा परेको अवस्थामा इरानले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग गर्ने लगायतका सबै प्रभावकारी उपाय अवलम्वन गर्ने कुरा प्रष्ट पार्नुभएको संचार माध्यमहरुमा उल्लेख छ ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons