नेपालमा मानवअधिकारवादीद्वारा राजा ज्ञानेन्द्रसमक्ष निर्वाचन स्थगित गर्न अपिल
सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१ डिसेम्बर- नेपालमा मानवअधिकार संरक्षण मञ्चको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष पद्यरत्न तुलाधरले सरकारले पनि युद्धविराम गरी वार्ताको पहल गर्न र अहिले मुलुकमा चुनाव गर्ने वातावरण नभएको जिकिर गर्दै स्वतन्त्र वातावरणमा मात्र निष्पक्ष र प्रजातान्त्रिक चुनाव सम्भव हुने बताउनु भएको प्राप्त समाचारमा जनाइएको छ ।
अध्यक्ष तुलाधरले माओवादी समस्याको समाधान मात्र नभएको बताउंदै सरकार शान्ति स्थापनातर्फगम्भीर नभएको आरोप समेत लगाउनु भएको छ । त्यसैगरी पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा राजा ज्ञानेन्द्रको सैनिक अधिनायकवाद र सबैखाले हिंसाको स्थिति समाप्त गरी संयुक्त राष्ट्र्रसंघजस्तो स्वतन्त्र संस्थाको सहयोग र मध्यस्थतामा तत्काल शान्तिर्वार्ता हुनुपर्ने उल्लेख गर्दै शान्तिपर्ूण्ा वार्ताको माध्यमबाट समस्याको समाधान गरिनुपर्ने भन्ने आमधारणा र चाहानाविपरित राज्य झन् झन् उदण्ड बन्दै गइरहेको आरोप लगाइएको छ । विज्ञप्तिमा शान्तिको प्रक्रियालाई थालनी गर्नका निमित्त तत्काल युद्धविराम घोषणा गर्न राजा ज्ञानेन्द्रसमक्ष हार्दिक अनुरोध गर्दै निष्पक्ष र धाँधलीरहित ढंगले प्रजातान्त्रिक निर्वाचन सम्पन्न गर्ने अवस्था नरहेका कारण घोषित निर्वाचन कार्यक्रमलाई स्थगित गरी स्थायी निकासको बाटोतर्फ अग्रसर हुन आग्रह गरिइएको छ । त्यसैगरी विज्ञप्तिमा वर्तमान असंवैधानिक, अनिर्वाचित एवं अप्रजातान्त्रिक सत्ताले सकारात्मकरूपमा लिनुको सट्टा जसरी पनि यसलाई भत्काउने र एकपक्षीय युद्धविराम गरेर अन्तर्रर्ााट्रय र्समर्थनसमेत जुटाउन सफल माओवादीहरूलाई युद्धमा फर्काउनेतर्फप्रोत्साहित गरिरहेको आरोप लगाएको जनाइएको छ।
यसका साथै राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको गैरजिम्मेवार सरकारका यस्ता सोच र गतिविधिविरुद्ध मुलुक एक भएर शान्तिपर्ूण्ा संर्घष्ामा होमिनुपर्ने बाध्यता सिर्जना भइरहेको उल्लेख गरिएको प्राप्त समाचारमा जनाइएको छ।

गृह पृष्ठ
