नेपालमा राजा र दलहरु मिलेर माओवादीका मागलाई सम्बोधन गरिनुपर्ने, तुलसी गिरीहरुले राजाको काँधमा चढेर सत्ताको राजनीति गरिरहेका छन् -सभामुख रानाभाट
सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाटले मुलुक त्रि्र दुइ ध्रुविकरणतर्फ अगाडि बढिरहेकाले राजाको काँधमा चढेर सत्ताको भोग गने र्र्ले जितेपनि तानाशाह आउने र माओवादीले जितेपनि तानाशाह आउने भएकाले राजा र दलहरु मिलेर माओवादीका मागलाई सम्बोधन गर्ने दिशातर्फजानुपर्ने राजधानीमा आयोजित एक कार्यक्रममा बताउनु भएको प्राप्त समाचारमा जनाइएको छ ।
सभामुख रानाभाटले वर्तमान अवस्थामा शासनभार राजाका हातमा भएकाले त्यसको जस अपजसको जीम्मेवारी राजानै हुने हुँदा राजाबाट यसलाई मनन गरेर कदम चाल्नुपर्ने असामान्य परिस्थितिमा हुनलागेको नगर निर्वाचनले समस्याको समाधान नगर्ने नगर निर्वाचनले संविधान क्रियाशील गराउन सक्दैन, यो निर्वाचनले द्वन्द्वको अर्को ढोका खोल्ने बताउनु भएको जनाइएको छ।
साथै समाचारमा जनाइए अनुसार, सभामुख रानाभाटले माओवादीले एकपक्षीय ढङ्गबाट भएपनि चार महिना युद्धविराम गरेकाले उनीहरुको शान्ति प्रतिको संवदनशीलता मुखरीत भएको बताउँदै उहाँले युद्धविराम लम्ब्याएमा शान्तिका लागि थप मार्ग बन्ने बताउनुभएको छ र मुलुकमा वास्तविक जनताका प्रतिनिधि राजनीतिक दलनै भएकोले दलहरुले राजालाई काँधमा राखेर राजनीति गर्दै आएको बताउनुभएको छ । वर्तमान मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीका र्सार्वजनिक भनाईहरु व्यक्तिगत भएको बताउँदै उहाँले गिरीहरुले राजाको काँधमा चढेर राजनीति गरिरहेको आरोप लगाउनुका साथै गिरीहरु राजाको काँध चढेर सत्तामा छन्, हामी राजालाई काँधमा राखेर राजनीति गरिरहेको बताउनु भएको जनाइएको छ ।
यसका साथै कार्यक्रममा नेकपा एमालेका प्रवक्त प्रदीप नेपालले नगर निर्वाचन बहिष्कार गरिछाड्ने र बहिष्कारका क्रममा हुने घटनाको जीम्मेवारी राज्यले लिनुपर्ने बताउनुभएको छ । साथै माओवादीले चार महिना युद्धविराम गर्दा समेत राज्यबाट कुनै सदाशयता नदेखाइएकाले माओवादीलाई युद्धविराम गर्नुपर्छ भनेर दबाब दिने आधार नरहेको बताउनु भएको जनाइएको छ ।
यसैबीच कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्रि डा.रामशरण महतले सात दलले संवादको वातावरण तयार गरिहँदा राज्यले त्यसलाई उपेक्षा गरेकाले भविष्यमा उत्पन्न हुनसक्ने जुनसुकै परिस्थितिको जीम्मेवारी राज्य हुनुपर्ने र साथै राजालाई आफू र जनताप्रति विश्वास छ भने संविधानसभाको निर्वाचनमा जानका लागि चुनौती दिनु भएको प्राप्त समाचारमा जनाइएको छ ।

गृह पृष्ठ
