इन्डोनेशियाको जेलमा मृत्यु दण्डको सजाय कुरिरहेका नेपालीको जीवन रक्षाको लागि सरकारसंग आग्रह,
सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१ डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा, नुवाकोट जिल्ला देउराली गाविस निवासी थवाङ्गसिंह तामाङका छोरा इन्द्रबहादुर तामाङ विगत ५ वर्षेखि इन्डोनेशियाको जेलमा मृत्यु दण्डको सजाय कुरिरहेकोले उनको जीवन रक्षाको लागि तत्काल पहल गर्न उनका आफन्त तथा मानव-अधिकारकर्मीहरुले सरकारसंग आग्रह गरेका प्राप्त समाचारमा जनाइएको छ ।
त्यसैगरी राष्ट्रिय मानव अधिकार प्रतिष्ठानद्वारा पत्रकार सम्मेलनमा तामाङ्गको जीवन रक्षाका लागि धेरै अघिदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएपनि सफल नभएको जनाउँदै तामाङको जीवन रक्षाका लागि एमनेष्टी इन्टरनेश्नल, राष्ट्रिय मानव अधिकार आयोग नागरिक समाज लगायत सबैको सक्रियतामा हजारौ र्सवसाधारणको हस्ताक्षर गरी तामाङको जीवन रक्षाका लागि इन्डोनेसियाका राष्ट्रपति समक्ष अपिल पेश गरेको जनाइएको छ ।
यसैबीच त्यहाँको उच्च अदालतले इन्द्रबहादुर तामाङको हकमा बाहेक अन्य ४ जना नेपालीहरुको मृत्युदण्डको सजायलाई आजन्म कारावारमा परिणत गरे पनि इन्द्रबहादुर तामाङलाई मृत्युदण्डको सजाय नै तोकेको समाचारमा जनाइएको छ ।

गृह पृष्ठ
