नेपालका श्री ५ ज्ञानेन्द्र र भारतीय सत्तारुढ दलकी प्रमुख नेतृ सोनीया गान्धी बीच गंभीर टेलीफोनवार्ता,
सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालका श्री ५ ज्ञानेन्द्र र भारतीय सत्तारुढ दलकी प्रमुख नेतृ सोनीया गान्धीवीच दश मिनेट लामो टेलीफोनमा महत्वपूर्ण् वार्ता भएको प्राप्त समाचारमा जनाइएको छ । साथै समाचारमा जनाइए अनुसार, सो टेलीफोनवार्ताका क्रममा भारतीय नेतृ सोनीयाले माओवादी समस्या नेपाल र भारतको साझा समस्या भएकाले सो समस्या समाधान गर्न सही र सकारात्मक पहल गर्न भारत सरकार तयार भएको आश्वासन दिनुभएको जनाइएको छ । नेपालमा माओवादी समस्या कसरी समाधान गर्ने भन्ने कुराको निर्ण्र् य नेपाल आफैले गर्ने हो तर भारत सरकार चाहन्छ समस्याको समाधान नेपालका संवैधानिक शक्तिहरु एक भएर आफैले गर्ने धारणा थियो । सो टेलीफोनवार्तामा श्री ५ ज्ञानेन्द्रको भारत भ्रमणकाबारेमा पनि कुराकानी भएको बताइएको छ ।
यसका साथै माघ १९ पछि श्री ५ ज्ञानेन्द्र र भारतीय नेतृ सोनीयाबीच तीन पटक टेलीफोनवार्ता भइसकेको जनाइएको छ । श्री ५ ज्ञानेन्द्रको नेतृ सोनीयासँग मित्रवत संबन्ध छ र साथै यही संबन्धको उपयोग गर्दै भएको टेलीफोनवार्तामा दुवै राष्ट्रको उच्च नेतृत्व तहमा गंभीर विषयमा कुराकानी हुने गरेको पनि समाचारमा जनाइएको छ । श्री ५ ज्ञानेन्द्रसँग सोनीयाको पछिल्लो टेलीफोनवार्ता भारतीय विदेश सचिव श्यामसरण नेपाल भ्रमणबाट फर्किएको लगत्तै भएकोले पनि सो फोन वार्तालाई महत्वपर्ूण्ा मानिएको छ । श्री ५ ज्ञानेन्द्रबाट ‘नगर निर्वाचन र संसदीय निर्वाचनपछि संवैधानिक प्रकृयालाई पुनर्ताजगी प्रदान गरेर राजनीतिक दलहरुलाई नै सत्ता सुम्पने’ घोषित लक्ष्यमा आफु इमानदारीताका साथ लागेको स्पष्ट पारिएको बताउँदै दलहरुले निर्वाचनमा भाग लिएमा निष्पक्ष्ँताका लागि जस्तोसुकै संयत्र तयार गर्न आफु तयार भएको’ कृुरा सोनीयालाई बताएको पनि सो प्राप्त समाचारमा जनाइएको छ । यसैबीच सोनीयासँग श्री ५ ज्ञानेन्द्रको पछिल्लो फोन वार्ताले नेपालको राजनीतिमा पार्ने संभावित प्रभावलाई लिएर कुटनीतिक र राजनीतिक क्ष्ेत्रमा चर्चा प्रारम्भ भएको जनाइएको छ ।

गृह पृष्ठ
