राप्रपाद्वारा शाही सरकारमा सामेल मन्त्रीहरुलाई तत्काल कारवाही गर्न जोडदार माग
सप्पन के.सी.( युरोप, सम्वाददाता)
३० डिसेम्बर२००५(एजेन्सीहरु)-
नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी संस्थापन पक्षका सदस्यहरुले पार्टी निति विपरित शाही सरकारमा सामेल मन्त्रीहरुलाई तत्काल कारवाही गर्न जोडदार माग गरेका छन र यसका साथै केन्द्रीय समितिको बैठकमा पार्टी सर्वदलीय सरकारको पक्षमा रहेको र माघ १९ को विपक्षमा रहेकाले हाल मन्त्रिपरिषदमा सहभागी नेताहरुमाथि कारवाही गरिनुपर्ने माग भएको प्राप्त समाचारमा जनाएको छ ।
साथै समाचारमा जनाइए अनुसार, राप्रपाले प्रजातान्त्रिक छवि जोगाउने हो भने नगर निर्वाचन वहिष्कार गरी जनपक्षिय देखिनु पर्ने र मन्त्रीहरुलाई तत्काल कारवाही गर्नुपर्ने माग अधिकाशं सदस्यले गरेको पनि समाचारमा जनाइएको छ । यसैबीच माघ १९ ले राष्ट्रलाई कुनै निकास दिन नसकेको र नगर निर्वाचनले कुनै निकास नदिने स्पष्ट भइसकेकाले पार्टर् नगर निर्वाचन बहिष्कार गर्नु नै सही हुनेमा अधिकांश केन्द्रीय सदस्य एकमत देखिएको र बैठकपछि महामन्त्री दीपक बोहोराले राप्रपा र्सवदलीय सरकार निर्माण र सात दल सहितको निष्पक्ष चुनावको वातावरण निर्माण नभएसम्म राप्रपाले चुनावमा भाग नलिने जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि नगर निर्वाचन वहिष्कार गरिए पार्टी विभाजन हुने चेतावनीको चर्चा सरकारका पक्षधरको थियो ।

गृह पृष्ठ
