जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

December 30, 2005

सर्वोच्च अदालतद्वारा मन्त्री ढकाललाई अदालतमा उपस्थित हुन आदेश

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३० डिसेम्बर२००५(एजेन्सीहरु)- नेपालमा सर्वोच्च अदालतले स्थानीय विकास मन्त्री टंक ढकालका नाममा अदालतको अवहेलनासम्बन्धी मुद्दामा स्वयम उपस्थित भइ जवाफ दिन आदेश दिएको छ र साथै सो आदेश तत्कालीन सूचना तथा संचार मन्त्री ढकालका नाममा न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले १५ दिनभित्र अदालतमा हाजिर हुन दिएको प्राप्त समाचारमा जनाइएको छ ।
यसअघि सर्वोच्चमा रेडियो सगरमाथा पुन-प्रसारण नरोक्न अन्तरिम आदेश भएकै दिन त्यसलाई बेवास्ता गर्दै पुन-प्रसारण रोक्न अर्को पत्र पठाउन तत्कालीन सूचना तथा संचार मन्त्री ढकालको कार्यले अदालतको अवहेलना भएको दावी गर्दै निवेदन परेको थियो । यसका साथै सर्वोच्च अदालतले सचिव र उपसचिव पौडेललाई पनि १५ दिनभित्र स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको जनाइएको छ । यसैबीच सो निवेदनका सम्बन्धमा आज भएको सुनुवाईपछि त्यस्तो आदेश जारी भएको हो र अदालतका अधिवक्त आनन्द सन्तोषी र्राईले यसअघि तत्कालीन संचार मन्त्री ढकालका साथै संचार सचिव कुमार प्रसाद पौडेल र उपसचिव अमरराज पौडेललाई विपक्षी बनाइ रिट दायर गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/12/30/min-dhakal-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons