जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

December 30, 2005

सात राजनीतिक दलहरुद्वारा चुनावमा भाग नलिने,दलका सदस्यले भाग लिए कम्तिमा ५ वर्ष निस्काशन गर्ने

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३० डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा सात राजनीतिक दलहरुले आसन्न नगर निर्वाचनमा भाग नलिन आम नेपाली जनताहरुलाई आव्हान गरेका छन् र त्यसैगरी घोषित नगर निर्वाचनले मुलुकको समस्या समाधान गर्नुको साटो मुलुकमा अझ बढी अशान्ति र अस्थिरतातर्फधकेली संकटपूर्ण अवस्थामा पुर्‍याउने ठहर गर्दै सात दलका शिर्षनेताहरुले सार्वजनिक अपिल जारी गरेका प्राप्त समाचारमा जनाएको छ।
सात राजनीतिक दलका नेताहरुले सात दलसंग सम्बन्धित कुनै पनि सदस्य आगामी निर्वाचनमा सहभागी भएमा कम्तिमा ५ वर्षका लागि सम्बन्धित पार्टी त्यस्तो व्यक्तिलाई निस्काशन गर्ने समेत बताएका जनाएको छ। सात राजनीतिक दलका नेताहरुले राज्यको पुनःसंरचना गरी समावेशी र सहभागीमूलक पूर्ण प्रजातन्त्र र शान्ति स्थापनाका साथै दल माओवादीबीचको १२ बुंदे समझदारीलाई थप ठोस र प्रष्ट बनाउंदै लाने प्रयासमा सहयोग र र्समर्थनका लागि पनि आव्हान गरेका छन् । यसअघि पनि आ-आफ्नो ढंगले निर्वाचनको सक्रिय बहिस्कार गर्ने बताउंदै आएको सात दलका शिर्षनेताहरुले संयुक्त अपिल जारी गरी सरकारद्वारा घोषित निर्वाचनमा सहभागिता नजनाउन आम नेपाली जनतालाई आग्रह गरेका समाचारमा जनाएको छ।
तर मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीले २ ९ डिसेम्बर २००५ मा सात राजनीतिक दलहरु सरकारसँग वार्ता गर्न आएमा निर्वाचन रोक्न सक्ने पनि बताउनुभएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/12/30/7-parties/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons