माओवादी विद्रोहीद्वारा राष्ट्र संघीय उच्चायुक्तलाई आश्वासन
२९ डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय प्रमुख इयान मार्टिनद्वारा २२ डिसेम्बर२००५ मा माओवादी विद्रोहीले सरकारद्वारा घोषित नगरपालिका निर्वाचनमा भाग लिने उमेदवार तथा सरकारी अधिकारीलाई ‘जनकार्बाही’ गर्ने भन्नाको तात्पर्य खुलाउन माग गर्नु भएको थियो ,यसैबीच संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको स्थित काठमाडौ कार्यालयलाई माओवादी विद्रोहीको नेतृत्वबाट नगरपालिका चुनाव बिथोल्ने घोषणालाई “हाम्रा कार्यकर्ताहरूलाई चुनावमा भाग लिनेहरूलाई मार्न वा अपहरण गर्न निर्देशन दिइएको रूपमा कुनै पनि हालतमा बुझ्नु नहुने” भन्ने आश्वासन प्राप्त भएको समाचारमा जनाएको छ ।
यसका साथै नेपालस्थित उच्चायुक्त मार्टिनले “उच्चायोगले निश्चय नै माओवादी विद्रोही तथा राज्यपक्ष दुबैले मानवअधिकार मापदण्डहरूको सिद्धान्तहरूको सम्मान गरेका छन् कि छैनन् भन्ने कुराको अनुगमन गर्ने कार्यलाई उच्च प्राथमिकता दिइरहने बताउनुभएको जनाइएको छ । यसअघि युद्धमा सक्रिय भाग नलिने व्यक्तिहरूको जीवन वा शारीरिक अखण्डताप्रतिको डर-धम्की वा बन्धक बनाउने कार्य अन्तर्रर्ााट्रय मानवीय कानुनका सिद्धान्तहरू तथा मानवअधिकार मापदण्डहरूको गम्भीर उल्लङ्घन हुनेछ भनी माओवादी नेतृत्वलाई पत्र लेख्नु भएको थियो ।

गृह पृष्ठ
