संयुक्त राष्ट्र संघीय उच्चायुक्तद्बारा मानव अधिकार सम्बन्धी अमेरिकाको आलोचना
सप्पन के.सी.युरोप( एएफपि)-
डिसेम्वर, ८-संयुक्त राष्ट्र संघमा आयोजित पत्रकार सम्मेलनमा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्त श्रीमती लोइस अर्बोरले बोल्दै आतंककारीहरुको प्रतिरोधका निहुँमा गोप्य झ्यालखानाहरुको स्थापना गर्ने र कानूनी प्रक्रिया नै नपुर्याएर संदिग्ध अपराधीहरुलाई अन्य ठाउँमा सार्नखोज्ने अमेरिकाका दुष्कर्मको आलोचना गर्नुभयो। साथै उहाँले अमेरिकाका यस्ता कुकर्महरुले समस्त विश्वमा गम्भीर सजायलाई रोक्नका लागि गरिने सक्दो प्रयासलाई कमजोर पारिसकेको ठहर व्यक्त गर्नुभयो।
संयुक्त राष्ट्र संघस्थित अमेरिकी स्थायी प्रतिनिधि जोन बोल्थनले त्यसको प्रत्युत्तरमा बोल्दै श्रीमती अर्बोरको भनाइ निराधार भएको कुरा बताउनुभयो।
साथै केही मुलुकहरुले ठूला सजाय सम्बन्धी सिद्धान्तमा परिवर्तन गरी एकतर्फी रुपमा सुरक्षा खोज्दै आएको कुरा वताउँदै उहाँले यस्ता कुकर्मले विश्वलाई न सुरक्षित पार्न सघाउने छन, न त स्वतन्त्र विश्वको लक्ष्यलाई साकार तुल्याउन नै सघाउने छन भन्नुभयो।

गृह पृष्ठ
