जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

December 1, 2005

सच्चा समाजसेवाको नमुना

साउदी अरबको सीयातमा बिगत ११ बर्ष देखी भवन निर्माण गर्ने कम्पनीमा श्रमिकको रुपमा कार्यरत भोजपुर जिल्ला नरमी गा.वि.स. नीवासी श्री लक्ष्मी राईले सपनामा पनि परिकल्पना गर्नु भएको थिएन होला की यस मुलुकमा अचेत अबस्था महिनौ अस्पतालको सघन उपचार कक्ष (ICU)मा बिताउनु पर्छ भनेर।
आफ्नो परिश्रमको कमाईले मात्र परिवारको भरण पोषण गर्दै आउनु भएको श्री राई माथी २५ अगस्त २००५का दिन बज्रपात भयो। उहाँ साथीलाई भेटेर फर्कदै गर्दा बिच बाटोमा निर्दय साउदीको गाडीको ठोकाईमा परी साउदी प्रहरीको सहयोगमा कतिफ सेन्ट्रल हस्पिटलको सघन उपचार कक्ष (ICU) भर्ना हुनपुग्नु भएछ।
यता उहाँका मित्र श्री बीर बहादुर न्यौपाने भने यस घटनाबारे अनभिज्ञ हुनुहुन्थ्यो। सथै जसो भेट हुने साथीसँग भेट नभए पछी श्री न्यौपाने साँझ पख श्री राई को कोठा खोज्न जानुभयो। त्यहाँ पनि नभेटे पछि उहाँको मन आत्तियो र छिमेकीहरु सँग सोधपुछ गर्दा एक जना नेपाली गाडी दुर्घटनामा परेको जानकारी पाए पछी घटना स्थलमा श्री राई को चप्पल भेटीएछ। नजिकको प्रहरी कार्यलय बुझ्दा श्री राई कतिफ सेन्ट्रल हस्पिटलमा रहेको जानकारी उपलब्ध भयो।
आफ्नो मित्रमाथी परेको बज्रपात सुन्दा श्री न्यौपाने आत्तिदै कतिफ सेन्ट्रल हस्पिटल पुग्दा श्री राई टाउकोमा गह्रियो चोटकारण अचेत हुनुहुन्थ्यो भने डाक्टरहरु अपरेशनको तयारी थिए। डाक्टरहरुले अधिक रक्तस्राब भएको र अपरेशन गर्न ४ पिन्ट रगतको आबश्यकता भएको जानकारी दिए। समाजसेवी न्यौपानेले केवल आफुले मात्र दिएर नपुग्ने हुदाँ साथीहरु वोलाई रगत उपलव्ध गराउनु भयो। धन्य हो बीर बहादुर जी तपाईले एउटा नेपालीको मात्र हैन उसका कयौँ आस्रितको प्राण बचाउनु भयो।
हाल श्री लक्ष्मी राई हस्पिटलको सघन उपचार कक्ष (ICU) उपचार गराई राख्नु भएको छ भने बीर बहादुर जीको आफ्नो डिउटी पुरा गरी एक दिन बिराएर हस्पिटल धाउने समय तालिका नै बनेको छ। हस्पिटल जान आउन प्रत्येक पटक ३० साउदी रीयाल खर्च हुने गर्छ उहाँको ।


बिरामी मित्रको रेख देख गर्दै श्री न्यौपाने

श्री बीर बहादुर न्यौपानेले सच्चा मनले गरेको समाज सेवाको यस लाली गुराँस समुह उच्च मुल्याङ्कन गर्दछ। सेवाको चर्को नारा दिनुको सट्टा यस्तै चुपचाप सेवा गर्ने प्रेरणा अन्य आफुलाई समाज सेवी भनाउने अन्य मित्रहरुलाई यो घटना प्रेरणाको श्रोत बनोस् यही हाम्रो कामना छ।
उपचार गराई रहनु भएका श्री लक्ष्मी राईको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/12/01/bir-b-neupane/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons