जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

December 31, 2005

नेपालका श्री ५ ज्ञानेन्द्र र भारतीय सत्तारुढ दलकी प्रमुख नेतृ सोनीया गान्धी बीच गंभीर टेलीफोनवार्ता,

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालका श्री ५ ज्ञानेन्द्र र भारतीय सत्तारुढ दलकी प्रमुख नेतृ सोनीया गान्धीवीच दश मिनेट लामो टेलीफोनमा महत्वपूर्ण् वार्ता भएको प्राप्त समाचारमा जनाइएको छ । साथै समाचारमा जनाइए अनुसार, सो टेलीफोनवार्ताका क्रममा भारतीय नेतृ सोनीयाले माओवादी समस्या नेपाल र भारतको साझा समस्या भएकाले सो समस्या समाधान गर्न सही र सकारात्मक पहल गर्न भारत सरकार तयार भएको आश्वासन दिनुभएको जनाइएको छ । नेपालमा माओवादी समस्या कसरी समाधान गर्ने भन्ने कुराको निर्ण्र् य नेपाल आफैले गर्ने हो तर भारत सरकार चाहन्छ समस्याको समाधान नेपालका संवैधानिक शक्तिहरु एक भएर आफैले गर्ने धारणा थियो । सो टेलीफोनवार्तामा श्री ५ ज्ञानेन्द्रको भारत भ्रमणकाबारेमा पनि कुराकानी भएको बताइएको छ । (more…)

नेपालमा राजा र दलहरु मिलेर माओवादीका मागलाई सम्बोधन गरिनुपर्ने, तुलसी गिरीहरुले राजाको काँधमा चढेर सत्ताको राजनीति गरिरहेका छन् -सभामुख रानाभाट

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाटले मुलुक त्रि्र दुइ ध्रुविकरणतर्फ अगाडि बढिरहेकाले राजाको काँधमा चढेर सत्ताको भोग गने र्र्ले जितेपनि तानाशाह आउने र माओवादीले जितेपनि तानाशाह आउने भएकाले राजा र दलहरु मिलेर माओवादीका मागलाई सम्बोधन गर्ने दिशातर्फजानुपर्ने राजधानीमा आयोजित एक कार्यक्रममा बताउनु भएको प्राप्त समाचारमा जनाइएको छ । (more…)

नेपालमा मानवअधिकारवादीद्वारा राजा ज्ञानेन्द्रसमक्ष निर्वाचन स्थगित गर्न अपिल

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१ डिसेम्बर- नेपालमा मानवअधिकार संरक्षण मञ्चको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष पद्यरत्न तुलाधरले सरकारले पनि युद्धविराम गरी वार्ताको पहल गर्न र अहिले मुलुकमा चुनाव गर्ने वातावरण नभएको जिकिर गर्दै स्वतन्त्र वातावरणमा मात्र निष्पक्ष र प्रजातान्त्रिक चुनाव सम्भव हुने बताउनु भएको प्राप्त समाचारमा जनाइएको छ । (more…)

इन्डोनेशियाको जेलमा मृत्यु दण्डको सजाय कुरिरहेका नेपालीको जीवन रक्षाको लागि सरकारसंग आग्रह,

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१ डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा, नुवाकोट जिल्ला देउराली गाविस निवासी थवाङ्गसिंह तामाङका छोरा इन्द्रबहादुर तामाङ विगत ५ वर्षेखि इन्डोनेशियाको जेलमा मृत्यु दण्डको सजाय कुरिरहेकोले उनको जीवन रक्षाको लागि तत्काल पहल गर्न उनका आफन्त तथा मानव-अधिकारकर्मीहरुले सरकारसंग आग्रह गरेका प्राप्त समाचारमा जनाइएको छ । (more…)

नेपालमा पुर्व पञ्चहरुको पार्टी राप्रपाको दोधारे नीति कायम, निर्वाचनमा भाग लिने या नलिने निर्णय लिन जिल्ला कार्यसमितिलाई जिम्मा

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१ डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा पुर्व पञ्चहरु संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीको दर्इ दिन लामो बैठकले राजाको निरंकुश सत्ता लम्ब्याउन र त्यसलाई बैधानिकता दिन गर्न लागिएको नगरनिर्वाचनमा जाने,नजाने सम्बन्धमा दोधारे नीति लिएको छ । राप्रपा राजाको निरंकुश कदमको सारथी बन्ने पक्कापक्की भएको प्राप्त समाचारमा जनाएको छ । (more…)

December 30, 2005

राप्रपाद्वारा शाही सरकारमा सामेल मन्त्रीहरुलाई तत्काल कारवाही गर्न जोडदार माग

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३० डिसेम्बर२००५(एजेन्सीहरु)-
नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी संस्थापन पक्षका सदस्यहरुले पार्टी निति विपरित शाही सरकारमा सामेल मन्त्रीहरुलाई तत्काल कारवाही गर्न जोडदार माग गरेका छन र यसका साथै केन्द्रीय समितिको बैठकमा पार्टी सर्वदलीय सरकारको पक्षमा रहेको र माघ १९ को विपक्षमा रहेकाले हाल मन्त्रिपरिषदमा सहभागी नेताहरुमाथि कारवाही गरिनुपर्ने माग भएको प्राप्त समाचारमा जनाएको छ । (more…)

सात राजनीतिक दलहरुद्वारा चुनावमा भाग नलिने,दलका सदस्यले भाग लिए कम्तिमा ५ वर्ष निस्काशन गर्ने

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३० डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा सात राजनीतिक दलहरुले आसन्न नगर निर्वाचनमा भाग नलिन आम नेपाली जनताहरुलाई आव्हान गरेका छन् र त्यसैगरी घोषित नगर निर्वाचनले मुलुकको समस्या समाधान गर्नुको साटो मुलुकमा अझ बढी अशान्ति र अस्थिरतातर्फधकेली संकटपूर्ण अवस्थामा पुर्‍याउने ठहर गर्दै सात दलका शिर्षनेताहरुले सार्वजनिक अपिल जारी गरेका प्राप्त समाचारमा जनाएको छ। (more…)

सर्वोच्च अदालतलाई शाही अदालत बनाउन लागेकोमा खेद व्यक्त

३० डिसेम्बर- नेपालमा मानवअधिकारकर्मी तथा प्राज्ञिकहरूले न्यायालयमा हुनलागेको हस्तक्षेपप्रति एक प्रेस विज्ञप्ति प्रकाशन गरी “माघ १९ को शाही कदम पश्चात नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम न्यायपालिकाले कतिपय सार्वजनिक सरोकारका मुद्दाहरूमा र खास गरी बन्दीप्रत्यक्षीकरणको माध्यमबाट नागरिकहरूको पक्षमा गरेको फैसलाहरूबाट अत्तालिएको शाही सत्ताले संभावित अर्को अप्रजातान्त्रिक कदम समेतलाई मध्यनजर राखी न्यायपालिकामा शाही कदम पक्षधर व्यक्तिहरूलाई नियुक्ति गर्ने क्रम सुरु गरेको कार्य प्रति गंभिर खेद व्यक्त गरेको प्राप्त समाचारमा जनाइएको छ । (more…)

सर्वोच्च अदालतद्वारा मन्त्री ढकाललाई अदालतमा उपस्थित हुन आदेश

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३० डिसेम्बर२००५(एजेन्सीहरु)- नेपालमा सर्वोच्च अदालतले स्थानीय विकास मन्त्री टंक ढकालका नाममा अदालतको अवहेलनासम्बन्धी मुद्दामा स्वयम उपस्थित भइ जवाफ दिन आदेश दिएको छ र साथै सो आदेश तत्कालीन सूचना तथा संचार मन्त्री ढकालका नाममा न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले १५ दिनभित्र अदालतमा हाजिर हुन दिएको प्राप्त समाचारमा जनाइएको छ । (more…)

December 29, 2005

माओवादी विद्रोहीद्वारा राष्ट्र संघीय उच्चायुक्तलाई आश्वासन

२९ डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय प्रमुख इयान मार्टिनद्वारा २२ डिसेम्बर२००५ मा माओवादी विद्रोहीले सरकारद्वारा घोषित नगरपालिका निर्वाचनमा भाग लिने उमेदवार तथा सरकारी अधिकारीलाई ‘जनकार्बाही’ गर्ने भन्नाको तात्पर्य खुलाउन माग गर्नु भएको थियो ,यसैबीच संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको स्थित काठमाडौ कार्यालयलाई माओवादी विद्रोहीको नेतृत्वबाट नगरपालिका चुनाव बिथोल्ने घोषणालाई “हाम्रा कार्यकर्ताहरूलाई चुनावमा भाग लिनेहरूलाई मार्न वा अपहरण गर्न निर्देशन दिइएको रूपमा कुनै पनि हालतमा बुझ्नु नहुने” भन्ने आश्वासन प्राप्त भएको समाचारमा जनाएको छ । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons