छुट्टाछुट्टै दुर्घटनामा ४१ जनाको मृत्यु
मङ्सिर १५
राजधानीबाट करिब ४० जना हिन्दु तिर्थ यात्री लिएर स्वर्गद्वारी हिडेको बस आज दिउसो प्युठानको स्वर्गद्वारी गा.बि.स. को वायानेटामा दुर्घटना भएको छ। सडकबाट करिब ५० मिटर तल खोँचमा खसेको सो बसले ३३ को ज्यान लिएको छ भने ७ घाईते भएका छन्। हाल सुरक्षाकर्मीहरुबाट उद्दार कार्य भैरहेको समाचार सुत्रले जनाएको छ।
यसै गरी आज पाल्पाको पश्चिमी भागमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु तथा ९ घाईते भएको जानकारी प्राप्त भएको छ। थप समाचार नेपालबाट
गणेश बस्नेत
काठमाडौं, मंसीर १५
प्युठान र पाल्पामा आज भएको छुट्टाछुट्टै सडक दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । प्युठानको र्स्वर्गद्वारी गाउँ विकास समिती र पाल्पाको देउराली गाउँ विकास समितीमा भएका ती सडक दुर्घटनामा परि १८ जना गम्भिर घाइते भएका छन ।
काठमाण्डौबाट तीर्थ यात्रीहरु लिएर प्युठानको र्स्वर्गद्वारीतर्फगएको एउटा बस दुर्घटना हुँदा ३३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ४0 जना यात्रु लिएर गएको सो बसमा यात्रारत अन्य नौ जना गम्भिर घाइते भएका छन् । र्स्वर्गद्वारी गाउ विकास समितिमा आज दिउसो साढे बार्ह बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । र्स्वर्गद्वारी पुग्न दुइ किलोमिटर बाँकी रहँदा बस सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।
यसैगरी आज बिहान नौ बजे पाल्पाको सर्देवाबाट तानसेनतर्फआउदै गरेको एउटा टोयोटा जीप देउराली गाउँ विकास समितीको बाँजिपोखरी भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा चालक सहित नौ जना यात्रुको निधन भएको छ । जीप दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन ।

गृह पृष्ठ
