जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 30, 2005

एमालेद्वारा सरकारी निषेधाज्ञाको अबज्ञा गर्दै निर्धारित स्थानमा जन प्रदर्शन गर्ने घोषणा

जनप्रदर्शन भाँडन खोजे कडा प्रतिवाद हुन्छ : गौतम
काठमाडौं, मंसीर १५
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारी निषेधाज्ञाको बावजुद निर्धारित स्थानमा नै शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । यही मंसीर १७ गते हुन लागेको जनप्रदर्शनमा बिसाल जनताको सहभागिता हुने अवस्था देखेपछि सरकाले हिजो एक सूचना जारी गरी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल देखि नयाँ बानेश्वर हुँदै माइतीघरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कुनैपनि बिरोध प्रदर्शन गर्न नपाइने जनाएको थियो ।
श्री ५ महाराजाधिराज झण्डै तीन साता लामो बिदेस भ्रमणपछि मंसीर १७ गते नै स्वदेश फिती सावारी हुने भएको कारण सवारीमा कुनै अवरोध नआवस भनी गृह मन्त्रालयले हिजो एमालेले जनसभा गर्न लागेको नयाँ बानेश्व्रलाई समेत निषेधित क्षेत्र घोषणा गरेको हो ।
एमालेले सरकारको यस रवैयाप्रति गम्भीर आपत्ती जनाउँदै सरकार जन प्रदर्शन भाँडन लागेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा एमाले नेता बामदेव गौतम र इश्वर पोखरेलले सो जनाकारी गराउनु भएको हो ।
‘सिंहदरवार र नारायाहिटीमा माओवादी घुसपैठ हुन सक्छ, एमालेको शान्तिपुर्ण प्रदर्शनमा हिंसा भडकदैन, सरकार स्वयंले नै हिंसात्मक बनाउन खोज्यो भनेपनि हामी हुन दिंदैनौं,’ माओवादी घुसपैठ हुने सम्भावना रहेको कारण निषेधाज्ञा जारी गरिएको भन्ने सरकारको भनाईको प्रतिवाद गर्दै एमाले नेता गौतमले पत्रकार सम्मेलनमा भन्नुभयो ।
एमालेले १७ गते हुने जनप्रदर्शनको सम्पुर्ण तयारी पुरा भएको तथा सो प्रदर्शन शान्तिपुर्ण हुने जानकारी समेत दिएको छ । सरकारले निर्धारित स्थानमा कार्यक्रम हुन नदिई बल प्रयोग गरेमा सरकार स्वयं जिम्मेवार हुने चेतावनी समेत एमालेले दिएको छ ।
शान्ति र बिकासका लागि नागरिक समाजका अध्यक्ष सुन्दरमणि दीक्षितले पनि निषेधाज्ञा तत्काल फिर्ता लिई र्सार्वजनिक रुपमा क्षमायाचना गर्न सरकारलाई चेतावनी दिनुभएको छ । यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले यहि मंसिर १७ गते राजधानीमा हुने भनिएको राजनीतिक दलको प्रदर्शनको अवलोकन गर्ने भएको छ । त्यसका लागि आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा एउटा टोली बनाइएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/30/cpnuml/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons