जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 29, 2005

सर्वोच्चद्वारा सरकारबिरुद्ध अन्तरीम आदेश जारी

काठमाडौं, मंसीर १४
सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म रेडीयो सगरमाथाको प्रशारणमा कुनै अवरोध नपुर्‍याउन सरकारको नाममा अन्तरीम आदेश जारी गरेको छ ।
सरकारले गत मंसीर १२ गते राती रेडियो सगरमाथाले माओवादी अध्यक्ष प्रचण्डको बिविसी नेपाली सेवालाई दिनुभएको अन्तवार्ता प्रशारण गर्न लागेको आरोप लगाई रेडियो सगरमाथाको सवै उपकरण लुटेर लगेको थियो । कानुन सम्मत रुपमा संञ्चालन भैरहेको संस्थालाई सरकारले गैर कानुनी तबरबाट बन्द गराएको भन्दै नेपाल वातावरण पत्रकार समुहका अध्यक्ष लक्ष्मण उप्रतीले हिजो सर्बोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।
सो रिटको सुनुवाइ गर्दै आज न्यायाधिस बद्रिबहादुर बस्नेतको एकल इजलासले आउँदो २२ गते सम्मका लागि रेडीयो सगरमाथाको प्रशारणमा कुनै अबरोध नपुर्‍याउन सरकारका नाममा अन्तरीम आदेश जारी गरेको हाम्रा समाचारदाताले जनाएका छन । अन्तरीम आदेशपछि आजै साँझ देखी रेडियो सगरमाथाले आफनो प्रशारण सुरु गरेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/29/sagarmatha-fm-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons