शान्ति र प्रजातन्त्र पुनर्स्थापनामा सरकार बाधक : पुर्व प्र.म. थापा
काठमाडौं, मसीर १४
राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले नेपालको राजनीती नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ ।
काठमान्डौमा आज आयोजित पार्टी जिल्ला अध्यक्षहरुको भेलालाइ सम्बोधन गर्दै पूर्व प्रधानमंत्री थापाले मुलुकमा शान्ती र प्रजातन्त्र पुनर्स्थापना गर्ने दुइवटा चुनौती रहेको तर सरकार त्यस दिशामा अगाडी नबढेको पनि बताउनु भएको छ । मुलुकमा शान्ति कायम गराउने र प्रजातन्त्र पुनर्स्थापना गर्ने कार्यमा सरकार नै बाधक बनेको छ, थापाले भन्नुभयो ।
सत्तामा बस्नेहरुकै कारण सात राजनीतिक दल र माओवादीबीच समझदारी भएको र नेपालको राजनीति अर्को चरणमा प्रवेश गरेको पुर्व प्रधानमन्त्री थापाको भनाइ छ ।
सरकारमा राजनीतिक सुझबुझ राख्ने पनि केही ब्यक्तिहरु भएको उल्लेख गर्दै पुर्व प्रधानमन्त्री थापाले भन्नु भयो ” तपाँइहरु, विकसित राजनीतिक माहौलमा मिसिएर शान्ति र प्रजातन्त्र स्थापना गर्ने तर्फ लाग्नुस।” उहांले त्यसो गर्न नसके इतिहासले कसैलाइ नछोडने चेतावनी समेत दिनु भएको छ।

गृह पृष्ठ
