जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 29, 2005

युद्धबिराम लम्ब्याउन माओवादीलाई आग्रह

काठमाडौं, मंसीर १४
मानवअधिकारवादी नेता तथा नागरिक समाजका प्रतीनिधीहरुले युद्धबिरामलाई लम्ब्याएर मुलुकमा स्थायी शान्ति कायम गराउने दिशातर्फउन्मुख हुन माओवादीलाई आग्रह गरेका छन । उनीहरुले सरकारलाइ समेत युद्धबिराम गर्न आग्रह गरेका छन ।
मानवअधिकार एलाइन्सद्वारा आज काठमान्डौंमा आयोजित एक
कार्यक्रममा बोल्दै मानवअधिकारवादी नेता कृष्ण पहाडीले दल र माओवादीबीच भएको समझदारीको अक्षरस पालना हुनु पर्नेमा जोड दिनु भएको छ । एलाइन्सका अध्यक्ष गौरी प्रधान, नागरीक समाजका प्रतिनीधि डा. मथुराप्रसाद श्रेष्ठ, नेपाल आदीवासी जनजाती महासंघका महासचिव डा ओम गुरुङ, महिला सुरक्षा दवाव समुहकी सारदा पोखरेल, राष्ट्रिय मानवअधिकार आयोगका पुर्व सदस्य सुशील प्याकुरेलले पनि दल माओवादी बिच भएको समझदारी मुलुकमा स्थायी शान्ति कायम गराउने प्रस्थान बिन्दु भएको उल्लेख गर्दै इमान्दारी पुर्वक समझदारी लागू गर्नु पर्नेमा नै जोड दिनु भएको छ ।
कार्यान्वयनमा इमान्दारिता रहेन भने समझदारीको कुनै अर्थ नरहने बताउँदै उहाँहरुले अनुगमनका लागि संयन्त्र निर्माण गर्न समेत आग्रह गर्नु भएको छ ।
मानवअधिकारवादी नेता तथा नागरिक समाजका प्रतीनिधीहरुले मुलुकमा राजतन्त्र समाप्त हुनैपर्ने उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रतर्फमुलुक उन्मुख भएको कारण सात दल र माओवादीबीच भएको सहमति स्वागतयोग्य रहेको समेत बताए ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/29/continue-ceasefire/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons