जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 27, 2005

मुसाको परिवार नियोजन !

Filed under: बिदेश

गाँउघरमा मुसाको समस्या टाउको दुःखाइको विषय रहँदै आएको छ । मुसा मार्न विषादी, खोर, फलामे जाललगायतका विभिन्न उपायहरू प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । एउटा मुसाले एक पटकमा १२-१३ वटा बच्चा जन्माउने कुरा विशेषज्ञहरू बताउँछन् । बच्चा जन्माएकै भोलिपल्ट पोथीले भाले खोज्न थाल्छे र गर्भवती भएको २० दिन जतिमा बच्चा ब्याउँछे । जन्मिएको तीन महिनामा मुसा बयस्क हुन्छ । यसरी एक जोडी मुसाबाट सन्तान वृद्धिको क्रम यति चाँडो छ कि एक वर्षा दुइ हजार मुसा वृद्धि हुनसक्ने अनुसन्धानहरूले देखाएका छन् । गाँउघरमा प्रयोग गरिने मुसा मार्ने उपायहरू असुरक्षित भएको मान्नुपर्दछ । साना केटाकेटी, घरपालुवा जनावरले पनि मुसा मार्न विषादी राखिएको पाउरोटी, रोटी आदि खान सक्ने सम्भावना रहन्छ । फलामे उपकरण राख्दा पनि कसैले अन्जानमा चलाइदिएमा च्यापिने डर उत्तिकै रहन्छ । खोरमा थुनिएको मुसालाई मार्ने वा अन्यत्र लगेर छोड्ने कुराले पनि मुसा नियन्त्रणलाई त्यति सघाएको पाइदैन ।
अब मुसा नियन्त्रणका लागि हालसम्म परम्परागत रूपमा प्रयोग हुँदै आएका पुराना प्रविधिहरूको त्यति कारगर नभएको बेला नयाँ प्रविधिको खोजीको रूपमा एक सुरक्षित प्रविधि ल्याइएको र उक्त प्रविधि सुरक्षित पनि छ । खोजीको क्रममा नेपाल कृषि अनुसन्धान परिषद्अर्न्तर्गतको कीट विज्ञान महाशाखा, मुसा नियन्त्रण अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत पूर्ण दास धौवजी श्रेष्ठले नयाँ प्रविधि पत्ता लगाउनु भएको छ । सो अनुसार गाउँ घरमा सजिलै पाइने नीम, सरिफा, गोरखमुण्डी फूल वा अणिरको बीउलाई प्रयोग गर्दै मुसा नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरिएको छ । परम्परगत रूपमा गाउँघरमा नै प्राप्त हुन सक्ने बीउलाई पिसेर खानेकुरामा राखेर मुसालाई नियमित खुवाउँदा मुसाको स्वतः परिवार नियोजन हुन्छ ।
अधिकृत श्रेष्ठले १६ जोडी मुसामाथि विगत तीन महिनादेखि गरिरहनुभएको अनुसन्धानले त्यस कुराको प्रमाणित गरिदिएको छ । हरेक तीन, तीन जोडी मुसालाई नीम, अणिर, गोरखमुण्डी र सरिफाको बियाँलाई खानेकुरामा खुवाइयो भने अन्य एक, एक जोडी मुसालाई सामान्य खानेकुरा दिइयो । बिउ मिसाइएको खानेकुरा खाएका मुसाबाट अझैसम्म प्रजनन् भएको छैन भने अनुसन्धानका लागि सँगै राखिएका अन्य मुसाहरूले भने धेरै पटक बच्चा ब्याइसकेका छन् ।
यसरी बिउ मिलाइएको खानेकुरा खुवाउँदा स्थायी वा अस्थायी परिवार नियोजन हुन्छ भन्ने बारे थप अनुसन्धान हुनै बाँकी छ । उहाँले आगामी सातादेखि बिउ नमिलाई खानेकुरा खुवाउने र त्यसपछि मात्र कस्तो किसिमको परिवार नियोजन हुन्छ भन्ने पत्तो लाग्ने बताउनुभयो । अनुसन्धानका क्रममा ५० ग्राम खानेकुरामा तीन ग्राम बिउको धुलो मिलाइ खुवाइन्थ्यो । मुसाले सुरुका दिनमा खान अप्ठ्यारो माने पनि हाल उनीहरू अभ्यस्त भइसकेको उहाँले जानकारी दिनुभयो ।
मुसाले जुन कुरा पनि सुरुमा खान हिचकिचाउँछ । नयाँ वस्तु देखेपछि सुरुमा सुँघ्छ र त्यसपछि मात्र खान्छ । पिठो, रोटी आदिमा मिलाएर मुसा आउने प्वाँल भएको स्थान र नियमित हिड्ने स्थानमा राखिदिएमा यस नयाँ उपायले सजिलै काम गर्ने र मुसा नियन्त्रण गर्न सकिने वरिष्ठ प्राविधिक अधिकृत श्रेष्ठ बताउनुहुन्छ । “विषादीको प्रयोग नहुने भएकाले सुरक्षित हुन्छ भने यी बिउहरू सजिलै पाउन सकिन्छ” उहाँको कथन थियो ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/27/rat-family-planning/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons