जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 25, 2005

माओवादी अध्यक्ष प्रचण्डले कृष्णसेन अनलाईनलाई दिनुभएको अन्तरवार्ता

यो समझदारी दीर्घकालीन मोर्चामा उठ्नसक्छ
( क.प्रचण्ड, अध्यक्ष)नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
काठमाडौं, मंसिर ९
ने.क.पा.(माओवादी) र सात संसदीय दलहरुबीच निरंकुश राजतन्त्रको विरुद्ध जानका लागि हालै भएको समझदारीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा भइरहेको छ । यो समझदारी गर्ने महत्वपूर्ण एउटा पक्ष ने.क.पा.(माओवादी) ले यसलाई कसरी हेरिरहेको छ त - सो समझदारी बारे आम जनतालाई स्पष्ट पार्ने हेतुले सो पार्टी अध्यक्ष कमरेड प्रचण्डसँग कृष्णसेन अनलाइनका लागि महेश्वर दाहालले लिनुभएको अन्तर्वार्ता हामीले प्रस्तुत गरेका छौं ।
अध्यक्ष कमरेड, सशस्त्र संर्घष गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेको शक्तिबीच समझदारी कसरी सम्भव भयो , यो समझदारी सहकार्यको स्तरसम्म उठ्नसक्ला ?
निरंकुश राजतन्त्रका विरुद्ध देश, जनता, लोकतन्त्र र शान्तिको ऐतिहासिक आवश्यकताको जगमा यो समझदारी कायम भएको हो । हाम्रो विचारमा यो समझदारी आफैंमा जनसमुदायको लोकतन्त्र र शान्तिको आकंक्षाका पक्षमा उभिने राजनैतिक दलहरुका वीचको प्रारम्भिक सहकार्य हो । सहकार्य शब्दको प्रयोगस“ग कतिपय मानिसहरु किन डराउँछन् हामीले बुझेका छैनौं । निश्चय नै विषयको गंभीरतालाई सबै पक्षबाट जिम्मेवारीपूर्वक अगाडि बढाइएमा यो समझदारी दीर्घकालीन मोर्चामा उठ्न सक्दछ । देशले आज यही कुराको मांग गरेको छ र हाम्रो जोड त्यही दिशामा रहने छ ।
यो समझदारी पत्रको मूल स्पिरिटबारे व्याख्या गरिदिनुहुन्छ कि ?
समझदारी-पत्रको मूल भावना र स्पिरिट भनेको निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनको आ“धिबेहरी सृष्टि गरी अन्तरिम सरकारको गठन र संविधान-सभाको निर्वाचनमार्फ् राज्यसत्ताको पुनर्सँरचनासहितको जनताको नया“ नेपाल निर्माण गर्नु हो । अर्को भाषामा यसको स्पिरिट आफ्नो भाग्य र भविष्यको फैसला गर्ने जनसमुदायको र्सार्वभौम अधिकारलाई स्थापित गर्नु र सामन्ती निरंकुशतन्त्रलाई सदाको निमित्त बढारेर फाल्नु हो । वस्तुतः र अन्ततः समझदारी-पत्रको मूल स्पिरिट कुनै पनि प्रकारको राजतन्त्रसंग संझौता खोज्नु होइन अपितु त्यसका विरुद्ध व्यापक संर्घष सृष्टि गर्नु हो ।
समझदारी पत्रमा गणतन्त्रबारे उल्लेख गरिएको छैन । यसैलाई आधार बनाएर तपाईहरुले गणतन्त्रको गन्तव्य छोड्नु भएको भनेर बाहिर व्यापक चर्चा चलाइदैछ नि त ?
हामीले गणतन्त्रको तात्कालिक लक्ष्य छाडेको भन्ने प्रचार समझदारी-पत्रको भावना र स्पिरिटलाई पटक्कै नबुझ्नुको परिणाम मात्र हुन सक्दछ । किनकि समझदारी-पत्रमा संविधान-सभाको प्रश्नलाई र्सशर्त होइन निशर्त रुपमा उल्लेख गरिएको छ । त्यो स्थितिमा हाम्रो पार्टी आफ्नो लोकतान्त्रिक गणतन्त्रको तात्कालिक नीतिका पक्षमा दृढतापूर्वक अगाडि बढ्न यसले कुनै समस्या पैदा गर्ने वा हामीले गणतन्त्र छाड्ने वा छाडेको भन्ने प्रश्नै उठ्दैन । यो हाम्रो पार्टी मात्र प्रश्न नभएर गणतन्त्रको पक्ष लिने कुनै पनि व्यक्ति, संघ/संस्थालाई संविधान-सभामार्फ् आफ्नो बैचारिक आस्थाका पक्षमा दृढतापूर्वक उभिने अधिकार हुनेछ ।
निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापना गर्ने भन्ने कुराले सम्वैधानिक राजतन्त्र वा 'सेरोमोनियल मोनार्की' मा सम्झौता गर्न खोजिएको जस्तो देखिदैंन र ?
निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापनालाई हाम्रो पार्टी संवैधानिक वा सेरोमोनियल राजतन्त्रमा संझौताको अर्थमा पटक्कै बुझेको छैन र समझदारी-पत्रमा पनि त्यस प्रकारको अर्थ लाग्ने कुनै कुरा छैन । स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा हुने संविधान-सभाको निर्वाचन र त्यसको परिणामलाई स्वीकार्न भने हामी प्रतिबद्ध छौं र समझदारी-पत्रले त्यही स्पिरिट बोकको छ ।
कसै-कसैले यो समझदारी-पत्रको आधारमा माओवादी सैद्धान्तिक रुपमा १८० डिग्री फन्को मारेको र संसदवादीहरुको हात माथि परेको भनेर ब्याख्या गरिरहेका छन नि ?
देश, जनता, लोकतन्त्र र शान्तिप्रतिको हाम्रो जिम्मेवारीवोधलाई क-कसले कसरी टिप्पणी गर्दछन्, ती सबैको जवाफ अहिले नै दिनु हामीले आवश्यक ठानेका छैनौं । नेपाल र नेपाली जनताको हातमाथि पार्न हामी आफ्नो हातलाई तल पार्न पनि तयार छौं । यसमा हामीलाई कुनै चिन्ता छैन ।
समझदारी पत्रमा शान्तिपूर्ण नयाँ राजनीतिक धारको कुरा उल्लेख गरिएको छ । यो नयाँ धार भनेको के हो ?
संविधान सभाको निर्वाचनमार्फ् जनसमुदायले तयार पार्ने राजनैतिक धार नै नयाँ राजनैतिक धार हो ।
तपाईहरुले गर्नुभएको एकतर्फी युद्धविरामको म्याद छिट्टै सकिदैंछ । यो युद्धविराम लम्ब्याउँदै हुनुहुन्छ कि ?
हाम्रो पार्टी युद्धविराम भंग गर्ने वा लम्ब्याउने भन्नेबारे ठोस निर्णय गरिसकेको छैन । समग्र स्थितिको विचार गरी पार्टी केन्द्रीय कार्यलयबाट यसको निर्णय हुनेछ । तर, सामन्ती निरंकुशतन्त्र र उसको शाही जत्थाले जसरी हाम्रा निशस्त्र कार्यकर्ता र जनतालाई हत्या गर्ने, बेपत्ता पार्ने र आतंकित पार्ने काम गरिरहेको छ तथा हाम्रो युद्धविरामलाई आफ्नो सैन्य क्याम्प विस्तार गर्ने र आफूले शान्ति कायम गरेको झुटो प्रचार गर्न प्रयोग गरिरहेको छ, त्यसले हामीलाई कठोर निर्णय गर्न बाध्य पारिरहेको छ ।
युद्धविराम तोड्दा अहिले बनेको सझदारीमा कस्तो असर गर्ला ?
हामीले यस विषयमा पार्टी सँग पर्याप्त छलफल गरेका छौं । त्यसकारण युद्धविराम तोड्ने स्थितिमा पनि कायम भएको समझदारीमा कुनै असर पर्ने छैन । धन्यवाद ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/25/pkd-interview/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons