जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 25, 2005

माईक मन्त्रीको खोकाई

Filed under: बिदेश

श्रोत : सरकारी मुखपत्र
शान्ति स्थापनाका लागि हुने क्रियाकलापप्रति सरकार सचेत

काठमाडौँ, मङ्सिर ९ गते ।
श्री ५ महाराजाधिराजको सदिच्छा एवं जनचाहना बमोजिम शान्तिको पुनःस्थापना गरी बहुदलीय प्रजातान्त्रिक शासन पद्धतिको सफल कार्यान्वयन गराउनका लागि अग्रसर रहेको वर्तमान सरकार शान्ति स्थापनाका लागि हुने कुनै पनि क्रियाकलापप्रति सचेत छ । श्री ५ को सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री टङ्क ढकालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त कुरा स्पष्ट गर्नुभएको हो । सात राजनीतिक दलले आतङ्ककारी माओवादीहरूसँग गरेको समझदारी भनी विभिन्न सञ्चारमाध्यमबाट प्रकाशमा आएको सम्बन्धमा श्री ५ को सरकारको ध्यानाकर्षा भएको मन्त्री ढकालले प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । श्री ढकालले वर्तमान संविधानअर्न्तर्गत नै जनप्रतिनिधिमूलक शासनव्यवस्था सञ्चालन हुनसक्छ भन्ने विश्वास श्री ५ को सरकारको रहेको स्पष्ट पार्नुभएको छ ।

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ( श्री ५ बाट बक्स भएको निर्देशन बमोजिम हुने स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गराउन तथा देशमा शान्ति कायम गर्न श्री ५ को सरकार दृढ सङ्कल्पित छ । त प्रेस प्रेस विज्ञप्ति सात राजनीतिक दलहरूले आतङ्ककारी माओवादीहरूसँग गरेको समझदारी भनी विभिन्न सञ्चारमाध्यमहरूबाट प्रकाशमा आएकोसम्बन्धमा श्री ५ को सरकारको ध्यानाकर्षा भएको छ । श्री ५ महाराजाधिराज सरकारको सदिच्छा एवं जनचाहनाबमोजिम शान्तिको पुनः स्थापना गरी बहुदलीय प्रजातान्त्रिक शासनपद्धतिको सफल कार्यान्वयन गराउनका लागि अग्रसर रहेको वर्तमान सरकार शान्ति स्थापनाका लागि हुने कुनै पनि क्रियाकलापप्रति सचेत छ ।

र् वर्तमान संविधानअर्न्तर्गत नै जनप्रतिनिधिमूलक शासनव्यवस्था सञ्चालन हुनसक्छ भन्ने विश्वास श्री ५ को सरकारको रहेको छ । श्री ५ बाट भएको निर्देशनबमोजिम हुने स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गराउन तथा देशमा शान्ति कायम गर्न श्री ५ को सरकार दृढ सङ्कल्पित छ ।
टङ्क ढकाल
मन्त्री
सूचना तथा सञ्चार मन्त्रालय
तथा श्री ५ को सरकारका प्रवक्ता

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/25/mike-minister/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons