जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 6, 2005

साउदी अरवमा नेपाली संस्थाहरु र लुम्विनी प्रवासी मञ्चको कार्यक्रम

गत नोभेम्वर ४ मा लुम्विनी प्रवासी सम्पर्क मञ्चद्वारा आयोजित दोस्रो साँस्कृतिक कार्यक्रम हेर्ने अवसर यो पंक्तिकारले पनि पायो । आयोजकद्वारा साँझ ६ वजे नै हल प्रवेश भनिएतापनि राती झण्डै १२ वजे मात्रै शुरु गरिएको उक्त कार्यक्रममा वास्तविक साँस्कृतिक कार्यक्रम भने विहान ३ वजे मात्र शुरु भएपनि समग्रमा उक्त कार्यक्रम राम्रो नै भन्नु पर्छ र आयोजक संस्था तथा यसका प्रतिभाशाली कलाकारहरुलाई सह्रानिय प्रयासकालागि धन्यवाद दिनै पर्छ ।

समिक्षक तथा आम दर्शकहरुमाझ पनि उक्त कार्यक्रमको चर्चा, समिक्षा भएकैहोला । मलाई खट्केका केहि कुरा भने यी र यस्तै अन्य कार्यक्रमहरुमा समेत देखिने गरेका विभिन्न संघ संस्थाहरुका वारेमा छ ।

केहि महिना अघि नवलपरासी प्रवासी मञ्चका तत्कालीन अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा सुवेदी प्रवासी नेपाली सेवा समितिका केन्द्रिय उपाध्यक्ष (केही महिना देखी अध्यक्ष श्री तारा भण्डारी नेपाल छुट्टीमा जानु भएकोले श्री कृष्ण प्रसाद शर्मा सुवेदी प्रवासी नेपाली सेवा समितिको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ) वनेको सुन्दा मलाई विशेष खुशी लागेको थियो, यस अर्थमा कि जिल्ला या क्षेत्र विशेषमा सिमित एक कुशल संगठनले अब राष्ट्रकै चिन्ता गर्ने भए, सम्पुर्ण प्रवासी नेपालीहरुले एउटा असल नेतृत्व पाउने भए भन्ने अपेक्षा थियो । तर केन्द्रिय उपाध्यक्ष बनेको केहि महिना वित्दा नवित्दै वहाँ फेरी लुम्विनी प्रवासी मञ्चको अध्यक्षको हैसियतमा देखापर्नु भयो । उक्त साँस्कृतिक कार्यक्रमको परिचय कार्यक्रममा वहाँ प्रवासी नेपाली सेवा समितिको केन्द्रिय उपाध्यक्ष भएको कतै उल्लेख नै भएन । हुनत कुनै जिल्ला या अञ्चल विशेषको संगठन पहल र परिचालन गर्न जति सजिलो होला सम्पुर्ण प्रवासी नेपालीहरुलाई समेटी अघि वढ्न त्यति सहज नहोला र अञ्चलकै नामवाट पनि “राष्ट्र वचाऔं” जस्ता अत्यन्तै संवेदनशील आकर्शक राष्ट्रिय नारा अनि अभियान समेत थालेको पाईन्छ, जुन अत्यन्तै सकारात्मक पहल हो तर सवैले वुझेकै कुरा हो राष्ट्र वचाउने उक्त अभियानलाई प्रभावकारी र सफल वनाउन लुम्विनी मात्र होईन १४ अञ्चल र ७५ जिल्ला अभियानमा जुट्नु पर्छ । यसकालागि सवै जिल्ला वा अञ्चलको समिति वन्नु पर्छ भन्ने छैन वरु आवश्यकता छ त केन्द्रिकृत पहलको ।

“केन्द्रविनाको विकेन्द्रिकरण, केहि भ्रम अवश्य छ ।” हामी नेपाल राष्ट्रको कुरा गछौं, तर परिचय गर्दा जिल्ला भन्ने पर्ने । के एउटा प्रवासी नेपाली जो यस क्षेत्रमा कार्यरत छ, प्रवासको यस भूमिमा थप परिचय जरुरी छ त- सर्म्पर्क राख्न मनलागे वरु कम्पनी र फोन नम्बर लिए हुन्छ, हैन र ? ।

यो पंक्तिकार स्वयमले जुवेलमा कार्यरत रहंदा “नेपाली मिलन केन्द्र”को क्षेत्रिय अध्यक्षता गरेको थियो जसमा अहिले राज गिरी हुनुहुन्छ । नेपाली मिलन केन्द्र सवै नेपालीहरुको हो । तर दुर्भाग्यवस नेपाली मिलन केन्द्र, प्रवासी नेपाली सेवा समिति जस्ता यस प्रवासका केन्द्रिय संस्थाहरु त्यति सकृय देखिदैनन् जति की जिल्ला संगठनहरु ।

शुद्ध नेपाली पढ्न वोल्न नजाने पनि साँस्कृतिक कार्यक्रमका मञ्चमा समेत जिल्ला संगठनका पदाधिकारीहरुले वोल्नै पर्ने, दर्शक दिर्घाबाट “NO NO” “OUT OUT” को व्यापक हुटिङ्ग हुंदा समेत ती नेताहरुको भाषण जारी राख्नैपर्ने त्यो आयोजकको कस्तो वाध्यता हो आम दर्शकहरुले वुझ्न सकेको छैनन् ।

आज मुलुकमा द्वन्द पीडित या तिनीहरुकालागि राहतकै कुरा गर्नेहो भने पनि सवैलाई थाहा भएकै कुरा हो माओवादी द्वन्दको उद्गगमस्थान रोल्पा रुकुम हो । आजपनि नेपालको मध्यपश्चिम द्वन्दवाट सर्वाधिक पीडित क्षेत्र हो । खोई त तिनिहरुकालागि संघ संगठनहरु - हो त्यस क्षेत्रका धेरैले त युद्धमा सहादत प्राप्त गरिसके, अन्य कैयौं र्घाईते अपाङ्ग भएर गाउँ घरमै वसेका होलान या सदरमुकामतिरै शरणमा होलान । जो जति यस प्रवासमा आएकाहोलान, तिनीहरुको संस्था शैक्षिक र सांगठनिक स्तर अन्य जिल्लाहरुवाट आएकाहरुको भन्दा कमहोला तर यो भुल्न सकिदैन की तिनीहरु पनि प्रवासी नेपालीहरुकै हुन । आखिर सवै प्रवासी नेपालीहरुको दुख व्यथा उस्तै उस्तै हुन्छ । त्यसैले मेची देखि महाकाली सम्मका सवै प्रवासी नेपालीहरुलाई एकै शुत्रमा वाँध्ने संस्था, तिनको सकृयता तथा प्रभावकारी पहलकदमी नै आजको आवश्यकता हो । अतः जिल्ला जिल्लाका समितिहरुले मन नदुखाई उपयुक्त केन्द्रको पहिचान या निर्माणगरी केन्द्रिकृत मार्ग अवलम्वन गर्नु नै सवैको हितमा हुने देखिन्छ । हाल विभिन्न जिल्लाहरुमा सकृय ती साथीहरुको यथोचित मूल्याङ्कन हिजो र आजमात्र होईन भोलीकादिनमा पनि हुनै नै छ ।

आखिर स्वदेशमा पनि सिविन, माईति नेपाल, वेस (Backward Society Education) जस्ता गैर सरकारी सामाजिक संस्थाहरुले कुनै जिल्ला या अञ्चलको नामै नलिई राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त गरेकाछन र पुरस्कृतसमेत भएकाछन । यस प्रवासमा पनि त्यो त्यसरीनै सम्भवछ । भारत, अमेरीका र व्रिटेन जस्ता ठूला मूलुकहरुमापनि प्रवासी नेपालीहरु एउटै छातासंस्थामुनी गोलवद्ध भएकाछन । यति मात्र होईन आज विश्वभरीकै प्रवासी नेपालीहरु “गैर आवाशीय नेपाली” (NRN) को नाममा एकतावद्ध भैरहेकोवेला साउदीको दमाममा मात्र विसौं संघ संगठनको आवश्यकता छ त - आखिर के का लागि -

हाजिरी जवाफ प्रतियोगिता प्रतियोगितामै सीमीत हुनु पर्छ, कुनै खास विषयवस्तुको अन्तरकृर्यामै सीमित हुनुपर्छ अनि सांस्कृतिक कार्यक्रम शुद्ध सांस्कृतिक कार्यक्रम वन्नु पर्छ । एक एक घण्टाको श्रम वेच्न विदेशिएका श्रमजिवीहरुमाझ एउटा कार्यक्रमको नामदिई विसौं संस्थाका भाषणहरु थोपार्नु कति उचित हो भावी कार्यक्रमका आयोजकहरुले सोंच्नै पर्छ ।

(यस टिप्पणी लेखवाट कुनै व्यक्ति या संस्थालाई चोटपुगेकोभए क्षमाप्रार्थीछु)

धरम के.सी.
प्रोजेक्ट इञ्जिनियर
मो.नं.०५६७६५९७९५

1 Comment »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/06/engr-dharam-kc/trackback/

  1. यस्तै हो धरम दाई, नपाउनेले के पायो… समेत खायो भन्थे । बोकाको मुखमा कुपिण्डो ।
    सौरभ

    Comment by saurav — November 7, 2005 @ 12:04 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons