साउदी अरबबाट समबेदना
यु. ए, ई. दुबईस्थीत अरबटेक कंम्पनिमा ग्याङ्गफाइटबाट नेपालीको मृत्युको समचारले हामीलाई अत्यन्त दुःखी तथा मर्माहत तुल्याएकोछ । बिदेशी कामदारसँगको भनाभनले उब्जिएको निउँबाटै ग्याङ्गफाइट भएर नेपालीको मृत्यु हुनु अत्यन्तै दुःखदायी र हृदयबिदारक घटना हो । सुनौलो भबिष्यको सपना बोकेर आउनु भएका जो-कोहि प्रवासीहरु प्रदेशमा यस्तो अप्रत्यासित घटनाबाट असामहिक मृत्यु हुनुले सम्पुर्ण प्रवासीहरुको मुटु छियाछिया पारेकोछ । उत्त घटनाबाट मृत्यु हुनु हुने खोटाङ्ग जिल्ला च्रिराङ्ग गाबिसका बिश्व र्राईको आत्माको चिरशान्तिको कामना यस समितिले गर्दछ । साथै निजको परिवारलाई परेको असिम बियोगलाई धैर्य धारणा गर्ने शक्ति प्रदान गर्न परमेश्वर सँग यस समिति प्रार्थना गर्दछ । उत्त घटनाबाट घाईते हुनु भएका नेपालीहरुको सिघ्र स्वास्थ्यलाभको कामना पनि यस समितिले गर्दछ ।
अन्त्यमा दुबई स्थित राजदूतावासले सम्बन्धित निकायमा ठोस पहल गरि मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीहरुलाई कडा सजाय दिलाउनको लागि पनि यस समिति हार्दिक अपिल गर्दछ ।
प्रवासी नेपाली सेवा समिती
दमाम, साउदि अरब
०६ नोभेम्बर २००५

गृह पृष्ठ
