जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 6, 2005

महामहिम राजदूत दमाममा

साउदी अरबका लागी शाही नेपाली राजदूत महामहिम राजदूत अबुलेश ठकुराईले हालै दमाम शहरको भ्रमण गर्नु भएको छ । नोभेम्बर ४,२००५ करिब १२ बजे उहाँ दमाम पुग्नु भएको थियो । उहाँले दमाममा ब्यबशाय सँचालन गर्नेहरु नेपालीहरुको ब्यबशाय स्थलको पनि निरीक्षण गर्नु भयो। उहाँ गल्फ ईन्टरनेट, रोयल रेष्टुरेण्ट र नेपाली भोजानालयको भ्रमण गर्दा नेपालीले गरेको प्रयाश प्रति गौरब गरेको अनुभुतिमा भए पनि कुनै प्रतिकृया भने दिनु भएन । उहाँका साथ शाही नेपाली राजदूतबासका सहचारी श्री पनेरु पनि महामहिम राजदूतका साथ दमामको भ्रमणमा हुनुहुन्थो ।

उहाँहरु दमाम आए पछि मलाई नेपाली राजदूतबासहरुका वेभ साईटहरु हेर्न मन लाग्यो र आबुधाबी दुताबासको यो सूचना मुलक पेज साह्रै राम्रो लागेकोले जस्ताको त्यस्तै प्रस्तुत गरेको छु ।

(more…)

साउदी अरबबाट समबेदना

यु. ए, ई. दुबईस्थीत अरबटेक कंम्पनिमा ग्याङ्गफाइटबाट नेपालीको मृत्युको समचारले हामीलाई अत्यन्त दुःखी तथा मर्माहत तुल्याएकोछ । बिदेशी कामदारसँगको भनाभनले उब्जिएको निउँबाटै ग्याङ्गफाइट भएर नेपालीको मृत्यु हुनु अत्यन्तै दुःखदायी र हृदयबिदारक घटना हो । सुनौलो भबिष्यको सपना बोकेर आउनु भएका जो-कोहि प्रवासीहरु प्रदेशमा यस्तो अप्रत्यासित घटनाबाट असामहिक मृत्यु हुनुले सम्पुर्ण प्रवासीहरुको मुटु छियाछिया पारेकोछ । उत्त घटनाबाट मृत्यु हुनु हुने खोटाङ्ग जिल्ला च्रिराङ्ग गाबिसका बिश्व र्राईको आत्माको चिरशान्तिको कामना यस समितिले गर्दछ । साथै निजको परिवारलाई परेको असिम बियोगलाई धैर्य धारणा गर्ने शक्ति प्रदान गर्न परमेश्वर सँग यस समिति प्रार्थना गर्दछ । उत्त घटनाबाट घाईते हुनु भएका नेपालीहरुको सिघ्र स्वास्थ्यलाभको कामना पनि यस समितिले गर्दछ ।

अन्त्यमा दुबई स्थित राजदूतावासले सम्बन्धित निकायमा ठोस पहल गरि मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीहरुलाई कडा सजाय दिलाउनको लागि पनि यस समिति हार्दिक अपिल गर्दछ ।

प्रवासी नेपाली सेवा समिती
दमाम, साउदि अरब
०६ नोभेम्बर २००५

तमूधीँको भलिवल प्रतीयोगिता सम्पन्न, महाधिवेशन नोभेम्वर १८ मा

बल राम गिरी
लाली गुँरास, दमाम

तमूधीँ खेलकुद समिती साउदी अरब दमामको भलिवल प्रतीयोगिता नोभेम्वर ५ तारिख २००५ मा सम्पन्न भएको छ । नोभेम्वर ४ तारिख सुरू भएको उक्त खेलमा १८ टिमको सहभागिता थियो। दमामको अजीजिया स्थित अल हवा कम्पनीमा भएको उक्त खेल हेर्नका लागि जुवेल, अल हासा, रहीमा, खोबर र दमामका खेल प्रेंमीहरुको बिशाल जमघट देख्दा प्रवाशमा रहेका नेपालीहरु पनि खेलकुदमा अति चासो राख्दा रहेछन् भन्ने कुराको पुष्टी भएको छ ।

(more…)

साउदी अरवमा नेपाली संस्थाहरु र लुम्विनी प्रवासी मञ्चको कार्यक्रम

गत नोभेम्वर ४ मा लुम्विनी प्रवासी सम्पर्क मञ्चद्वारा आयोजित दोस्रो साँस्कृतिक कार्यक्रम हेर्ने अवसर यो पंक्तिकारले पनि पायो । आयोजकद्वारा साँझ ६ वजे नै हल प्रवेश भनिएतापनि राती झण्डै १२ वजे मात्रै शुरु गरिएको उक्त कार्यक्रममा वास्तविक साँस्कृतिक कार्यक्रम भने विहान ३ वजे मात्र शुरु भएपनि समग्रमा उक्त कार्यक्रम राम्रो नै भन्नु पर्छ र आयोजक संस्था तथा यसका प्रतिभाशाली कलाकारहरुलाई सह्रानिय प्रयासकालागि धन्यवाद दिनै पर्छ ।

(more…)

लुम्विनी प्रवासी सम्पर्क मञ्चको “राष्ट्र वचाउ” कार्यक्रम सम्पन्न

लुम्विनी प्रवासी सर्म्पर्क मञ्चद्वारा आयोजित राष्ट्र वचाउ कार्यक्रम गर्ने जुन एउटा जमर्को लुम्विनी प्रवासी सर्म्पर्क मञ्चले गर्‍यो त्यो अतिनै सह्रानिय छ तर यस कार्यक्रमवाट केहि अनुत्तरित प्रश्नहरु देखा परेकाछन यसको जवाफ कस्ले दिने -
२००५ नोभेम्वर ४ का दिन लुम्विनी प्रवासी सर्म्पर्क मञ्चले आयोजना गरेको लुम्विनी सर्म्पर्क मञ्चको दास्रो प्रस्तुति “राष्ट्र वचाउ” साथै साँस्कृतिक कार्यक्रम निर्धारित समय भन्दा ४ घण्टा भन्दा ढिला शुरु भएको थियो। साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथीमा महामहीम राजदूत ज्यू र विशिष्ठ अतिथीमा श्री युद्ध वहादुर क्षेत्री हुनुहुऩथियो भने कार्यक्रमको अध्यक्ष्ता श्री कृष्ण प्रसाद शर्मा सुवेदीले गर्नु भएको थियो । प्रमुख अथितीले दीयो वालेर व्यानर खोली कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्वागत भाषण श्री विष्णु रेग्मी ज्यूले गर्नु भएको थियो र सम्पुर्ण उपस्थित अतिथीहरुलाई व्याच वितरण पनि गरिएको थियो । लुम्विनी साँस्कृतिक परिवारको स्वागत गितवाट साँस्कृतिक कार्यक्रम शुरु गरिएको थियो । -

(more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons