जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 30, 2005

एमालेद्वारा सरकारी निषेधाज्ञाको अबज्ञा गर्दै निर्धारित स्थानमा जन प्रदर्शन गर्ने घोषणा

जनप्रदर्शन भाँडन खोजे कडा प्रतिवाद हुन्छ : गौतम
काठमाडौं, मंसीर १५
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारी निषेधाज्ञाको बावजुद निर्धारित स्थानमा नै शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । यही मंसीर १७ गते हुन लागेको जनप्रदर्शनमा बिसाल जनताको सहभागिता हुने अवस्था देखेपछि सरकाले हिजो एक सूचना जारी गरी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल देखि नयाँ बानेश्वर हुँदै माइतीघरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी कुनैपनि बिरोध प्रदर्शन गर्न नपाइने जनाएको थियो । (more…)

एफएममा समाचार प्रशारण गर्न दिन अन्तरिम आदेश जारी

काठमाडौं, मंसीर १५
सर्बोच्च अदालतले एफ एम रेडियोहरुबाट समाचार प्रशारण गर्न दिन आदेश दिएको छ । अधिबक्ता तुलसीराम न्यौपानेले दायर गरेको रिटमा न्यायाधिस द्धय मिन बहादुर रायमाझी र अनुपराज शर्माको सयुक्तर् इजलासले आज समाचार प्रशारणका लागि अन्तरिम आदेश दिएपछि समाचार प्रशारणका लागि एफएमहरुलाइ बाटो खुलेको हो । (more…)

माओवादीद्वारा पत्रकारको क्यामरा लुटपाट

काठमाडौं, मंसीर १५
माओवादीका सशस्त्र छापामारहरुले ताप्लेजुङ जिल्लाको अध्ययन अवलोकन भ्रमणमा गएको सञ्चारकर्मी तथा पर्यटन व्यवसायीको टोलीलाई सोमबार सिकैचा गाविसमा दुर्व्यवहार गरी सञ्चार उपकरण लुटेका छन् । उनीहरुले सो टोलीमा रहेका ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम ताप्लेजुङका सल्लाहकार राम दाहाललाई अपहरण गरेका छन । (more…)

छुट्टाछुट्टै दुर्घटनामा ४१ जनाको मृत्यु

मङ्सिर १५

राजधानीबाट करिब ४० जना हिन्दु तिर्थ यात्री लिएर स्वर्गद्वारी हिडेको बस आज दिउसो प्युठानको स्वर्गद्वारी गा.बि.स. को वायानेटामा दुर्घटना भएको छ। सडकबाट करिब ५० मिटर तल खोँचमा खसेको सो बसले ३३ को ज्यान लिएको छ भने ७ घाईते भएका छन्। हाल सुरक्षाकर्मीहरुबाट उद्दार कार्य भैरहेको समाचार सुत्रले जनाएको छ।
यसै गरी आज पाल्पाको पश्चिमी भागमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु तथा ९ घाईते भएको जानकारी प्राप्त भएको छ। थप समाचार नेपालबाट (more…)

November 29, 2005

सर्वोच्चद्वारा सरकारबिरुद्ध अन्तरीम आदेश जारी

काठमाडौं, मंसीर १४
सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म रेडीयो सगरमाथाको प्रशारणमा कुनै अवरोध नपुर्‍याउन सरकारको नाममा अन्तरीम आदेश जारी गरेको छ । (more…)

युद्धबिराम लम्ब्याउन माओवादीलाई आग्रह

काठमाडौं, मंसीर १४
मानवअधिकारवादी नेता तथा नागरिक समाजका प्रतीनिधीहरुले युद्धबिरामलाई लम्ब्याएर मुलुकमा स्थायी शान्ति कायम गराउने दिशातर्फउन्मुख हुन माओवादीलाई आग्रह गरेका छन । उनीहरुले सरकारलाइ समेत युद्धबिराम गर्न आग्रह गरेका छन । (more…)

शान्ति र प्रजातन्त्र पुनर्स्थापनामा सरकार बाधक : पुर्व प्र.म. थापा

काठमाडौं, मसीर १४
राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले नेपालको राजनीती नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ । (more…)

मंसीर १७ देखि राष्टिय भलिवल प्रतियोगिता

Filed under: खेलकुद

काठमाडौं, मंसीर १४
यही मंसीर १७ गतेदेखि तेर्‍हौं महिला तथा २३ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । (more…)

नेपाली भाषामा कम्प्युटर चलाउन सकिने

कान्तिपुर संवाददाता
काठमाडौं, मंसिर १३

संसारको सबभन्दा ठूलो सफ्टवेयर उत्पादक कम्पनी माइक्रोसफ्ट कपोर्रेसनले नेपाली भाषामा चलाउन सकिने कम्प्युटर प्रणाली सोमबारदेखि बजारमा ल्याएको छ। ‘माइक्रोसफ्ट अफिस २००३ नेपाली’ प्रणाली राखेको कम्प्युटर अंग्रेजी भाषा नजानेका तर नेपाली लेखपढ गर्न सक्ने सबैले सजिलै चलाउन सक्ने छन् । कम्पनीले यो सफ्टवेयर निःशुल्क रूपमा वितरण गर्ने छ । (more…)

November 28, 2005

युद्धविराम लम्ब्याउन सर्बत्र आग्रह

अन्तरराष्ट्रिय क्षेत्र बाट बिद्रोही भनिएका नेकपा (माओबादी)हरुलाई युद्धविराम लम्ब्याउन आग्रह गरीएको भए पनि बेलायतले बिशेष रुपमा आग्रह गरेको छ। सुरु देखि नेपालको बिकासमा सहकार्य गर्दै आएको सहयोगी राष्ट्र बेलायतले माओबादीहरुलाई युद्धविराम लम्ब्याउन आग्रह गरेको कुरा बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ।(समाचार जस्ताको तस्तै) (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons