जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 29, 2005

बन्द शान्तिपूर्ण, करिब सय पक्राउ

काठमाडौं, कार्तिक ११ - सरकारद्वारा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न ल्याइएको कालो अध्यादेश र कान्तिपुर एफएममाथि भएको डकैती शैलीको आक्रमणको विरोधमा सात दलले शुक्रबार आह्वान गरेको उपत्यका बन्द शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
बन्द सफल बनाउन आह्वान गर्दै शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा उत्रेका ८५ आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू सबैलाई राति पौने नौ बजे रिहा गरियो ।


फोटो: मेरो संसार

आन्दोलनकारीले सात गाडीमा सामान्य क्षति पुर्‍याएको प्रहरीले दाबी गरेको छ । बन्द विफल पार्न प्रहरीले चार दर्जनभन्दा बढी गाडीलाई बिहीबार साँझ नियन्त्रणमा लिएर सादा पोसाकमा प्रहरी बसेर सञ्चालन गरेका थिए । बन्द पूर्वसन्ध्यामा बिहीबार साँझ दर्जनौं युवा-विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नागरिक समाज, पेसाकर्मीहरूले समेत ऐक्यबद्धता जनाएको बन्दमा व्यवसायीहरूले पनि पूर्णरूपमा समर्थन जनाएर आ-आफ्ना उद्योग, व्यवसाय र पसल खोलेनन् । उपत्यकाका सडकमा शुक्रबार सवारी साधन खासै गुडेनन् । साझाका मिनी बस, ट्रली बस तथा केही निजी बस प्रहरी बसेर फाट्टफुट्ट चलाइएका थिए ।

राजधानीका मुख्य बजार क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखाना, शिक्षणसंस्था बन्द रहे । बन्दको पक्षमा बिहानैदेखि प्रमुख चोकहरूमा स्वस्फूर्त निस्केको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा प्रहरीले दर्जनौं नेता-कार्यकर्तालाई बलपूर्वक नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकामा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु, नेविसंघ महामन्त्री वासु कोइराला, योगेन्द्र राई, युवराज सिंह, एमालेका उपत्यका सचिव योगेश भट्टराई, पूर्वसांसदहरू कृष्णलाल महर्जन र सुशीला नेपाल, मधुसूदन पौडेल तथा कांग्रेस प्रजातान्त्रिकका मदन अमात्य, मेखलाल श्रेष्ठ, जनमोर्चाका दीपेन्द्र श्रेष्ठ, मोहनलाल श्रेष्ठ र सानु योञ्जन छन् । त्यस्तै, अखिल अध्यक्ष खिमलाल भट्टराई, पूर्वअध्यक्ष रूपनारायण श्रेष्ठ, रत्नराज्य स्ववियुका सुरेन्द्र बस्नेत, राजकुमार राई, नेविसंघ -प्रजातान्त्रिक) का उपसभापति मीन विश्वकर्मा, प्रचार प्रमुख रत्न कार्की पनि पक्राउ परे । यसअघिका बन्दमा जस्तो शुक्रबार कहीं पनि झडप भएन ।

बन्दकै बीच सात दलले कालो अध्यादेश र कान्तिपुर एफएममा आक्रमणको विरोध गर्दै अपराह्न राजधानीमा विरोध जुलुस प्रदर्शन गरे । वसन्तपुरबाट निस्केको जुलुसले सहरका भित्री भाग परिक्रमा गर्‍यो । जुलुसमा ‘कालो अध्यादेश खारेज गर’ भन्दै स्वतन्त्र सञ्चार माध्यममाथि सरकारले गरेका आक्रमणविरुद्ध चर्को नाराबाजी गरिएको थियो । जुलुसमा पेसाकर्मीहरूको व्यापक सहभागिता थियो । नगर परिक्रमापछि जुलुस वसन्तपुरमै फर्केर सभामा परिणत भएको थियो ।

सात दलले साँझ विज्ञप्ति जारी गरी बन्द सफल भएको उल्लेख गर्दै त्यसका लागि आम जनसमुदायलाई धन्यवाद दिएका छन् । स्वतन्त्र सञ्चारमाथि हस्तक्षेप बन्द गर्न चेतावनी दिँदै उनीहरूले कान्तिपुर एफएमबाट लुटिएका उपकरण जस्ताको तस्तै फिर्ता गर्न माग गरेका छन् । यसैबीच, इन्सेकले शान्तिपूर्ण विरोध कार्यक्रममा राज्यले गरेको ज्यादतीपूर्ण बलप्रयोगको भत्र्सना गरेको छ । बन्द क्रममा गिरफ्तारमाथि गरिएको अमानवीय व्यवहारप्रति आपत्ति प्रकट गर्दै उनीहरूको स-सम्मान रिहाइ माग गरेको छ ।

बिहीबारको जुलुसबाट गिरफ्तार गरी विशालबजारस्थित जनसेवा प्रहरी कार्यालयमा राखिएका नेविसंघका आनन्द त्रिपाठी, नारायण भारती र लाओस राईलाई हिरासतमा खाना खान नदिइएकामा दलहरूले विरोध गरेका छन् । बिहीबार गिरफ्तार आन्दोलनकारी पनि शुक्रबार राति रिहा भएका छन् ।


समाचार छाप्नुस

पछाडि जान यहॉ क्लिक गर्नुस।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/10/29/kathbanda/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons