जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 26, 2005

बिमा संस्थान लुट्ने प्रयास

काठमाडौं, कार्तिक ८
रामशाहपथस्थित राष्ट्रिय बिमा संस्थानमा मंगलबार लुटपाट गरेर भागिरहेका अवस्थामा एक युवक हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार दिउँसो डेढ बजेतिर भक्तपुर-११ भेलुखेल घर बताउने राजेश देउला पक्राउ परेका हुन् । उनले संस्थानका क्यासियर ठाकुरप्रसाद पाण्डेलाई ज्यान मार्ने धम्की दिँदै काउन्टरबाट १ लाख ९० हजार रुपैयाँ लुटेका थिए । नगद लिएर बा१८प ७४२७ नम्बरको मोटरसाइकलमा भाग्न लागेका उनलाई गेटमा नपुग्दै सुरक्षा गार्ड र संस्थानका कर्मचारीले पक्रेका थिए ।
सुरक्षा गार्ड खेमराज अधिकारीले ढुंगा प्रहार गरेपछि ३१ वर्षीय देउला मोटरसाइकलबाट लडेका थिए । घटनास्थलमा तत्काल पुगेको सिंहदरबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
भाग्ने क्रममा लुटेराले चलाएको गोली लागी अर्का सुरक्षा गार्ड बयानबहादुर कार्की सामान्य घाइते भएका छन् । बायाँ घुँडामा चोट लागेका उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
देउलाबाट लुटिएको रकम, इटालियन लेखिएको घरेलु निर्मित पेस्तोल, दुई थान पेन गन र १४ राउन्ड गोली बरामद गरेको प्रहरीले जनायो । काठमाडौंका डीएसपी गणेश केसीका अनुसार देउलाले आठ राउन्ड गोली मोजामा लुकाएका थिए । बरामद भएको छ राउन्ड गोली पेन गनको र ८ राउन्ड गोली पेस्तोलको भएको प्रहरीले जनाएको छ । देउलाले ती हतियारहरू विराटनगरबाट ल्याएको बयान दिएका थिए ।


समाचार छाप्नुस

पछाडि जान यहॉ क्लिक गर्नुस।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/10/26/lootingatnic/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons