जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 6, 2005

साउदी अरबमा नेपालीहरूको सहकारी संस्था

युनाइटेड नेप्लिज फाइनान्स को-अपरेसन बोर्ड कमिटीले साउदी अरबको रियादस्थित नेपाली राजदूत अब्दुल्लाइस ठकुराइसँग भेटेर संस्थाका कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दिलचन बुढामगरले रियादमा कार्यरत् नेपालीहरूको सामाजिक तथा आर्थिक विकासका लागि खोलिएको यो संस्था अरबका अन्य शहरमा पनि विस्तार गरिने जानकारी दिनुभयो ।

यहाँ नेपालीको आम्दानी राम्रा भए पनि बचत गर्ने प्रवृत्ति नभएकाले त्यसको समाधानका लागि यूएनएफसँग कुरा भइरहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली राजदूत ठकुराइले यूएनएफ प्रवासी नेपालीहरूको हितका लागि उल्लेखनीय कार्य गरेको सराहना गर्नुभयो । श्रम तथा रोजगार प्रबर्द्धन विभागका महानिर्देशक दिपेन्द्रविक्रम थापाले साउदी अरबका नेपालीले युएनएफका माध्यमबाट आफ्नो समस्या समाधानको बाटो अपनाएको खुशी प्रकट गर्नुभयो । युनिफेमका क्षेत्रीय कार्यक्रम प्रबन्धक सरु जोशी श्रेष्ठले विदेशी भूमिमा नेपालीहरूले ठूलोभन्दा ठूलो कामलाई पनि सरलतापूर्वक सम्पन्न गरेको र यसबाट यूएनएफले ठूलो ज्ञान हासिल गरेको बताउनुभयो ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons