जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 1, 2005

माओवादी नेता अदालतमा

काठमाडौं, असोज १४ - माओवादी नेता मातृका यादव र सुरेश आलेमगरलाई पक्राउकोे दुई वर्षपछि शुक्रबार पाटन पुनरावेदन अदालतमा बयानका लागि उपस्थित गराइएको छ ।
‘हत्या गर्न आदेश दिएर फरार भएको मुद्दा थियो, त्यसै अभियोगमा बयान दिन अदालत उपस्थित गराइएको हो,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख माधव जोशीले कान्तिपुरलाई भन्नुभयो ।

भारतीय सुरक्षाकर्मीले उनीहरूलाई ०६० माघ २३ गते भारतको नयाँदिल्लीस्थित डेराबाट पक्राउ गरेको थियो । सुदूरपश्चिम नाका महेन्द्रनगर ल्याएर हेलिकप्टरमा राखी काठमाडौंस्थित टोखा सैनिक ब्यारेकमा ल्याएको थियो ।

दुवैलाई सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उहाँकी श्रीमती नुडुप श्रेष्ठ र अंगरक्षक सई सूर्य रेेग्मीलाईर् मार्न आदेश दिएर फरार भएको अभियोग छ । तीनै जनाको ललितपुर बागडोलमा ०५९ माघ १२ मा हत्या गरिएको थियो ।

बयानमा आलेमगरले हत्या गर्न निर्देशन दिएको आरोप निराधार भएको जिकिर गरे । उनले आफू अन्तर्राष्ट्रिय विभाग हेर्नर्े भएकाले दिल्लीमा रहेको बताए ।

‘अन्तर्राष्ट्रिय विभाग हेर्ने भएकाले फौजी विभागको काम मैले गर्न लगाएको होइन,’ उनको जिकिर थियो । उनको बयान शुक्रबार सकिएको छ भने यादवको आइतबार हुनेछ । बयान न्यायाधीशद्वय ज्ञानेन्द्रबहादुर कार्की र लक्ष्मण रिसालको संयुक्त इजलासमा भएको थियो ।

हिरासतबाट आलेमगरले श्री ५ लाई पत्र लेखी शुक्रबारसम्म अदालतमा उपस्थित नगराए आमरण अनशन बस्ने चेतावनी दिएपछि दुवैलाई पुनरावेदन उपस्थित गराएको हो । यसअघि दुवैलाई आतंककारी तथा विध्वंसात्मक -नियन्त्रण) ऐनअन्तर्गत नजरबन्दमा राखिएको थियो । उक्त आरोपमा सजायको मागदाबी सोही ऐनको दफा १० -१) अनुसार सर्वस्वसहित जन्मकैदको माग गरिएको छ ।

‘नर्क र बधशालाबाट मुक्ति पाइया छ,’ आलेमगरले अदालत परिसरमा कान्तिपुरसँग भन्नुभयो- ‘सुरुमा अत्यन्तै यातना दिइयो, आईसीआरसी र मानव अधिकारवादीले भेट्न थालेपछि यातना दिन छाडे ।’ दुवैलाई सैनिक हिरासतबाट बाहिर ल्याउनुअघि सेनाका पदाधिकारीले लामो दारी छोट्याउन लगाएका थिए ।

विभिन्न सैनिक हिरासतबाट सार्दै पछिल्लो पटक अदालत ल्याउनुअघि दुवैलाई छाउनीस्थित महावीर गण रेन्जर ब्यारेकमा राखिएको थियो । बयान सकेर अदालत बाहिर निस्कन लाग्दा मगर र यादवले कडा नाराबाजी गरे ।

1 Comment »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/10/01/surealematrika/trackback/

  1. good news

    Comment by sunil — October 3, 2005 @ 2:30 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons