सहयोगको अपेक्षा
यो ब्लग साउदी अरब बाट सञ्चालन गरिएको कुरा सर्वबिदितै छ, सुचना र समाचारको सम्प्रेसण गरी सहयोग गरी दिनु हुन अनुरोध गरिन्छ ।

यो ब्लग साउदी अरब बाट सञ्चालन गरिएको कुरा सर्वबिदितै छ, सुचना र समाचारको सम्प्रेसण गरी सहयोग गरी दिनु हुन अनुरोध गरिन्छ ।
परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको तुफानी विदेश भ्रमण समस्या एकातिर उपचार खोजी अर्कातिर भइरहको छ । नेपालसँग विवादरहित कूटनीतिक सम्बन्ध भएका मुलुकहरू रूस र पाकिस्तानको सहयोग खोज्न भइरहेको यो भ्रमण मुलुकका समस्या छल्ने अभिप्रायले निर्देशित छ । देशको वर्तमान संकटका लागि यी दुई देशको सहयोग खोजी जनताको विवेक र ज्ञानमाथि चुनौतीसमेत भएको छ । रूस र पाकिस्तानले माघ १९ को कदमको पूर्ण समर्थन गरेका छन् भन्ने भ्रम फिजाएर सरकार अन्तर्राष्ट्रिय समुदायमा नेपाल एक्लिएको छैन भन्ने सन्देश दिन चाहन्छ भन्ने प्रस्ट भइसकेको छ ।
परराष्ट्रमन्त्री पाण्डे आफूले भ्रमण गरेका मुलुकले शाही कदमको स्वागत गरेको मात्र नभई यसबीच भइरहेका सबै असंवैधानिक कामकारबाहीको पूर्ण समर्थन गरिरहेको प्रचारप्रसार गर्न लालायित देखिएका छन् । रूसी महासंघको भ्रमणपछि परराष्ट्र संयन्त्रमार्फत जारी गर्न लगाइएको प्रेस विज्ञप्ति त्यही प्रमाण हो । मन्त्री पाण्डेले रूसी समकक्षी सेर्गेई लाभाभ्रोसँग एक्लाएक्लै भेटेपछि मस्कोस्थित नेपाली राजदूतावासबाट यही कात्तिक ८ गते जारी विज्ञप्तिमा राजाका कदमप्रति रूसको पूर्ण र स्पष्ट समर्थन रहेको जनाइएको थियो । त्यतिमात्र होइन पाण्डेले मॉघ १९ गते भएको ऐतिहासिक शाही सम्बोधनमा उल्लिखित उद्देश्य प्राप्त गर्न सरकारले चालेका पाइलाप्रति निरन्तर समर्थन गरी रूसी महासंघले देखाएको सुझबुझको हार्दिक प्रशंसा गरेको’ समेत प्रचार गरिएको थियो ।
(more…)काठमाडौं, कार्तिक ११ - सरकारद्वारा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न ल्याइएको कालो अध्यादेश र कान्तिपुर एफएममाथि भएको डकैती शैलीको आक्रमणको विरोधमा सात दलले शुक्रबार आह्वान गरेको उपत्यका बन्द शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
बन्द सफल बनाउन आह्वान गर्दै शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा उत्रेका ८५ आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू सबैलाई राति पौने नौ बजे रिहा गरियो ।

फोटो: मेरो संसार
दमाम, 28 अक्टोवर, 2005
साउदी अरबको, दमाममा रहेका तमुहरुको साझा संस्था तमुधी साउदी अरबले दशै तिहारको उपलक्ष्यमा दमाम स्तरीय भलिवल प्रतियोगिता गर्ने भएको छ ।
यहि आउदो नोभेम्वर 4, 2005 मा साउदी अरब, दमामको अजिजिया स्थित अल हवा कम्पनीमा हुने उक्त प्रतियोगितामा 20 टिम बिच भिडन्त ( बिहान 8 बजे देखि )हुने कुरा तमुधी साउदी अरब दमामका अध्यक्ष श्री बिजय कुमार गुरुङ्गले बताउनु भयो ।
साथै नोभेम्वर 5,2005 का दिन (बिहान 10 बजे सुरु हुने) तमुधी साउदी अरब, दमामको प्रथम महाधिवेशन रोयल रेस्टुरेन्ट दमाममा हुने भएको हुदा सम्पुर्ण तमु मित्रहरु उक्त कार्यक्रममा सहभागि हुन अध्यक्ष श्री बिजय कुमार गुरुङ्गले आह्वान समेत गर्नु भएको छ ।
अन्य जानकारीको लागी निम्न नम्बरमा सम्पर्क गर्नु होला
श्री बिजय कुमार गुरुङ्ग 00966 507270463
प्रतियोगिता र महाधिवेशन सम्बन्धि समाचार नोभेम्वर 5 र 6, 2005 मा पढ्न नभुल्नु होला ।
काठमान्डौ , अक्टोवर 27
सर्वोच्च अदालतले आज सरकारको नाममा आईतवार सम्म कान्तिपुर एफ एमको ईजाजत पत्र रद्द गर्ने भनिएको कार्वाही अगाडी नबडाउन आदेश दिए कुरा कान्तिपुर अन्लाईनले जनाएको छ
बॉकी समाचार ( कान्तिपुर अन्लाईनमा आधारित )
नयां अध्यादेशमाथि कुनै पुनर्विचार नहुने बताउनुभयो - मन्त्री ढकालले
सूचना तथा संचारमन्त्री टंक ढकालले सरकारद्वारा भर्खरै जारी गरिएको संचार सम्बन्धि अध्यादेशको अवज्ञा नगर्न संचार माध्यमहरूलाई चेतावनी दिएका छन्। संचार समूह नेपालद्वारा सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै उहाँले नयां अध्यादेश लागू गराउन सरकार दृढ रहेको पनि बताउनु भयो। संचार सम्बन्धि आधा दर्जन ऐनहरू संशोधन गर्ने गरी अध्यादेश जारी गरिएको दुइ सातापछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै श्री ढकालले नयां अध्यादेशप्रति राम्रो प्रतिकृया प्राप्त भएको बताउनुभयो।
(more…)
काठमाडौं, कार्तिक ८
रामशाहपथस्थित राष्ट्रिय बिमा संस्थानमा मंगलबार लुटपाट गरेर भागिरहेका अवस्थामा एक युवक हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार दिउँसो डेढ बजेतिर भक्तपुर-११ भेलुखेल घर बताउने राजेश देउला पक्राउ परेका हुन् । उनले संस्थानका क्यासियर ठाकुरप्रसाद पाण्डेलाई ज्यान मार्ने धम्की दिँदै काउन्टरबाट १ लाख ९० हजार रुपैयाँ लुटेका थिए । नगद लिएर बा१८प ७४२७ नम्बरको मोटरसाइकलमा भाग्न लागेका उनलाई गेटमा नपुग्दै सुरक्षा गार्ड र संस्थानका कर्मचारीले पक्रेका थिए । (more…)
निजी क्षेत्रको एउटा प्रमुख एफ एम रेडियो कान्तिपुर एफ. एम. विरूद्ध भएको सरकारी कारवाहीको व्यापक विरोध भएकोछ। ललितपुर स्थित कार्यालयमा शुक्रवार राती प्रहरी प्रवेश गरेर सञ्चार उपकरणहरू लगेका भनिएको सो घटनाको देशका प्रमुख राजनीतिक दलहरू, मानव अधिकारवादी संगठनहरू तथा नेपाल पत्रकार महासंघले कडा विरोध गरेका छन्।
(more…)चार भ्यान सुरक्षाकर्मी बलजफ्ती प्रवेश गरी स्याटेलाइट अपलिंकका उपकरणहरू लुट
ललितपुर, कार्तिक ४ - सरकारले कान्तिपुर एफएमको सातौं वाषिर्कोत्सवको पूर्वसन्ध्यामा शुक्रबार मध्यराति डकैतीको शैलीमा प्रसारणका उपकरणहरू उठाएर लगेको छ । सशस्त्र सुरक्षाकर्मी प्रयोग गरी पूर्वाञ्चलको भेडेटारबाट प्रसारण गरिने उपकरण उठाई सरकारले बलपूर्वक हालै जारी अध्यादेश लागू गरेको छ । राति ११ः१५ बजे चारवटा भ्यानमा आएका सुरक्षाकर्मी पुलचोकस्थित एफएम कार्यालयका सुरक्षाकर्मीलाई हप्काई-दप्काई जबर्जस्ती प्रवेश गरेका थिए । (more…)
पोखरा, कार्तिक ३ - मणिपाल शिक्षण अस्पतालको ६ तले मुख्य भवनको छाना भत्किँदा बिहीबार दुई कर्मचारीसहित दसको मृत्यु भएको छ । घटनामा नौ घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखरा उपमहानगरपालिका-११ फूलबारीस्थित अस्पतालको छाना पानी परिरहेका बेला दिउँसो साढे २ बजे भत्केको थियो । ७० फिट माथिबाट भुइँतलामा खसेको छानाले किचिएर सात महिला र तीन पुरुषको तत्कालै मृत्यु भएको थियो । घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई अस्पतालका कुरुवा र कर्मचारीले उद्धार गरी तत्काल आकस्मिक र अन्य कक्षमा लगेका थिए । मृतकहरूलाई सेना, प्रहरी, स्थानीयवासी, कर्मचारी र कुरुवाले भग्नावशेष पन्छाएर झिकेका थिए । उद्धार गर्न तीन घन्टाभन्दा बढी समय लागेको थियो । घटनापछि बिरामी, कर्मचारी, कुरुवा डराएर अस्पताल छाडी बाहिर निस्किएका थिए । घटना हुँदा ठूलो आवाज आएको र भूकम्प आए जस्तै गरी भवन हल्लिएको अस्पतालमा भएकाहरूले बताए । (more…)
लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।