भारतीय नेता आउनु आपत्तिजनक
काठमाडौं, असोज १३ - राजपरिषद् स्थायी समिति सदस्य सत्चितशमशेर जबराले भारतीय नेताहरूले नेपालमा आन्दोलनप्रति समर्थन जनाउनु आपत्तिजनक रहेको बताउनुभएको छ ।
देशभक्त संघ भक्तपुरको अन्तक्रिर्यामा उहाँले बिहीबार भन्नुभयो- ‘नेपाली जनताको विश्वासलाई लत्याएर भारतीय नेताले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आउनु आपत्तिजनक छ
।’
भारतीय नेताको व्यवहारले द्वन्द्व अझ बढ्ने उल्लेख गर्दै उहाँले राजाबाट संविधानको संरक्षक अनुकूल कदम अघि बढाइबक्सेको बताउनुभयो ।
उहाँले कान्तिपुर दैनिकको आलोचना गर्दै संविधानको दायरा नाघेर राजाविरुद्ध समाचार र कार्टुन छाप्दै आएको आरोप लगाउनुभयो । ‘कान्तिपुरले राजसंस्थामाथि
नै आँच आउने गरी जनतालाई उत्तेजित पार्नेजस्ता समाचार संप्रेषण गरेको छ,’ उहाँले भन्नुभयो- ‘त्यसप्रति विश्वास नगर्न आह्वान गर्छु ।’
अर्का वक्ता राज परिषद् सदस्य मदनकृष्ण हाडाले जनता आफैं सशक्त बनाउन विदेशी हस्तक्षेप हुनु नहुने बताउनुभयो ।
उनीहरूलाई नेपाल अवतरण गर्न दिइएकाप्रति आपत्ति जनाउँदै संघका सहअध्यक्ष्ा सुरेन्द्र गुरुङले राजाका सल्लाहकार र मन्त्रीहरूको कमजोरीले अन्तर्राष्ट्रिय विमानस्थल समेत
असुरक्षित भएको बताउनु भयो ।

गृह पृष्ठ
