जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

September 29, 2005

राजाको सवारीका निम्ति जहाज किनिने

श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानीको विदेश भ्रमणका लागि जेट विमान खरिद गरिने भएको समाचार ‘जनआस्था’ साप्ताहिकले प्रकाशित गरेको छ ।

समाचारअनुसार, विमान खरिदसम्बन्धी सैद्धान्तिक सहमति भैसकेको छ । श्री ५ को रद्द भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क सवारी हुने कार्यक्रमका क्रममा भएको बि्रफिङमा शाही उडानका लागि छुट्टै र नयाँ जहाजको आवश्यकता खड्किएको जानकारी श्री ५ समक्ष पेस गरिएको थियो । शाही नेपाल वायुसेवा निगमको बोइङ- ७५७ जहाज चार्टर गरेर भीभीआईपी उडान तयार गरिएकोमा उडानको समयसम्ममा पनि जहाज पूर्ण रूपले समस्याविहीन बनाउन नसकिएकाले शाही उडानका लागि छुट्टै जहाजको आवश्यकता महसुस गरिएको हो ।
‘जनआस्था’ लेख्छ— प्रधान सेनापति प्यारजङ्ग थापासहित उच्चस्तरीय टोलीले शाही उडानका लागि नयाँ जेटको आवश्यकतासम्बन्धी बि्रफिङ गरेपछि श्री ५ महाराजाधिराजले सहमति जनाइबक्सेको छ । शाही उडानका लागि बोइङ ७३७ जहाज किन्ने योजना बनेको छ ।
माओवादीसँगको लडाइँका क्रममा देशको ढुकुटीको धेरैजसो रकम सुरक्षाखर्चमै लगाउनुपरेको बेला दरबारको जेटका लागि भने शाही नेपाली सेनाको कल्याणकारी कोषको रकम खर्च गरिने भएको छ । कल्याणकारी कोषमा सैनिक जवानदेखि अधिकृतसम्मका सबैले विदेश मिसनमा जाँदा पाउने जम्मा पारिश्रमिकको निश्चित प्रतिशत रकम जम्मा हुन्छ । अरबौंको उक्त कोषबाट जेटका लागि रकम लिएपछि कोषलाई फाइदा हुने गरी सो जेटलाई व्यापारमा समेत लगाइने योजना छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/09/29/royalboeing/trackback/

  1. Dhanya shree 5 gyanendra desh ko sampati rityau desh lai kangal banau

    Comment by Anonymous — October 1, 2005 @ 9:00 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons