I am in a vacation ! Will be back soon

September 5, 2008

मन्त्रिपरिषद् गठन विधि

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ बमोजिम सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ द्वारा गठित मन्त्रिपरिषद्को कार्यविभाजन
सि.नं. मन्त्रिपरिषद् गठन विधि कार्य विभाजन
सम्माननीय प्रधानमन्त्री
१. श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ - महिला, बालबालिका तथा समाज कल्याण
सम्माननीय उपप्रधानमन्त्री
२. श्री बामदेव गौतम - गृह (more…)

उपप्रधानमन्त्री गौतमका चुनौती

सुवास देवकोटा
उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले पदमा पुगेपछि पहिलो पटक भदौ १६ गते संचारमाध्यममा प्रस्तुत हुँदै ६ महिनाभित्र मुलुकको शान्तिसुरक्षाको स्थिति पूर्णरुपमा सुधार गर्ने घोषणा गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमको आफ्नै परिचित शैलीमा आएको यो घोषणा महत्वकांक्षी छ तथा सशस्त्र समूहका कारण तराईमा मात्र नभएर राजधानीमासमेत सुरक्षा स्थिति बिग्रिएको अवस्थामा उनको घोषणा वास्तविकतामा परिणत होला भनेर पत्याउन धेरैलाई गाह्रो परेको छ । तर, आफ्नो घोषणालाई बलियो बनाउन गृहमन्त्री गौतमले ६ महिनामा शान्तिसुरक्षाको स्थिति देखिनेगरी परिवर्तन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् र शान्तिसुरक्षाको अभावमा तडपिरहेका नागरिकको पीडामा मल्हम लगाउने प्रयत्न गरेका छन् । (more…)

August 27, 2008

प्रधानमन्त्रीको पहिलो राजनीतिक भ्रमण भारतकै

चीनमा भएको ओलम्पिक समापन समारोहमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण राजनीतिक भ्रमण नभएकाले भारत रिसाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । मुलुक छाडेको पाँचौ दिनमा भदौ ११ गते स्वदेश फर्किएका प्रधानमन्त्रीले अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै आफ्नो चीन भ्रमणप्रति भारतको असन्तोषबारे त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहसँग कुरा गर्ने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने पनि जानकारी दिँदै भने, ‘१२ बुँदे समझदारीदेखि मुलुकको शान्तिप्रक्रियामा भारतले निर्वाह गरेको भूमिकाका कारण पनि म पहिलो राजनीतिक भ्रमण भारतकै गर्छु ।’ (more…)

August 26, 2008

कांग्रेसमा महाविधेशन मागको अर्थ

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति गिरिजाप्रसाद कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको चाहनाबिपरित महाधिवेशनको माग रन्किएको छ ।
संविधानसभाको दोश्रो ठूलो दल नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक पार्टीको भविष्यको बाटो निरुपण गर्न केन्द्रित छ । भदौ ९ गतेदेखि पार्टी केन्द्रीय कार्यलय सानेपामा सुरु भएको बैठकको पहिलो दिनमै केन्द्रीय समिति सदस्यहरुले पार्टीलाई नयाँ दिशा दिन महाधिवेशन अनिवार्य रहेको माग राखिसकेका छन् । बिभिन्न नेताहरुको पक्ष/बिपक्षमा रहेका केन्द्रीय सदस्यहरु महाधिवेशनकै पक्षमा देखिनुले बैठक महाधिवेशनको मिति तोक्न वाध्य हुने जानकारहरु बताउछन् । (more…)

August 18, 2008

प्रधानमन्त्री प्रचण्डद्वारा सपथ ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ खाएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको सपथ खाएका छन् । भदौ २ गते दिउँसो ३ बजेर ४५ मिनेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवबाट राष्ट्रपति कार्यलय शितलनिवासमा सपथ खाएका हुन् । सपथ खाएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई सपथ कार्यक्रमस्थलमै मित्रराष्ट्रका राजदुतहरुले बधाई दिएका छन् । आजै प्रधानमन्त्रीले सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलयमा पदबाहल गर्ने कार्यक्रम रहेको छ । (more…)

August 17, 2008

प्रधानमन्त्री बोलेनन्

सपथ ग्रहण नभएको भन्दै नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एउटा सार्वजनिक कार्यक्रममा केही नबोली हिडेका छन् ।नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एउटा कार्यक्रमको प्रमुख अतिथी भएर पनि केही नबोली कार्यक्रमबाट हिडेका छन् । भदौ १ गते पाटन अस्पताल परिशरमा निर्मित मात्रृ तथा शिशु स्याहार केन्द्र भवनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले केही नबोल्ने शर्तमा आफू कार्यक्रममा आएको उल्लेख गरे । करिव एक घण्टा कार्यक्रममा बसेका प्रधानमन्त्रीले त्यहाँ उपस्थित संचारकर्मीहरुसँग ‘सपथ ग्रहण नगरेकाले बोल्दिन’ भने । प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा भदौ २ गते हुने कार्यक्रम छ ।

हिमालखबर डट कम

प्रधानमन्त्री चयनमा पछारियो भारत

१-भदौ-२०६५,आइतवार
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्ड भारी बहुमतका साथ निर्वाचित हुनुभएको छ। उहाँलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउन संविधानसभामा तेस्रो दल एमाले प्रस्तावक र चौथो दल मधेसी जनअधिकार फोरम समर्थक बसेको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउने सवालमा एमालेलाई समाप्त नपारी अघि बढ्न सकिँदैन भन्ने निष्कर्ष निकाली भित्री अभियान सञ्चालन गरिरहेको माओवादी र माओवादीलाई समाप्त पार्न स्थापित भएको मधेसी जनअधिकार फोरमबीच सहकार्य सुरु भएको छ। एकअर्कालाई समाप्त पार्न उद्यत देखिएका यी तीन दलको गठबन्धनको सहकार्यलाई राजतन्त्रको कट्टर समर्थक रहेको राप्रपा नेपालसहित संविधानसभामा रहेका २५ दलमध्ये २१ दलले समर्थन गरेका छन्। प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने हिम्मत नभएका तीन दल भने तटस्थ बसेका छन्। संविधनासभामा व्यक्त गरिएको भनाइले उनीहरु केवल बार्गेनिङ गर्दै आफ्नो स्वार्थ पूरा गराउनका लागि मात्र तटस्थ बसेका हुन् भन्ने सहजै अनुमान गर्न सकिन्छ। (more…)

August 15, 2008

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड, कोइराला बालुवाटार छाड्दै

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको केही घण्टापछि नै वर्तमान कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारी निवास बालुवाटार छाड्नेछन् ।
कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री निवास बालुवाटार आजै छाड्ने भएका छन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जित्ने निश्चित भएपछि कोइरालाले तत्कालै निवास छाड्ने योजना बनाएका हुन् । श्रोतका अनुसार, प्रधानमन्त्रीका लागि संविधानसभामा दिउँसो एक बजे हुने मतदान सकिएलगत्तै कोइराला बालुवाटार पुग्नेछन् र आफ्नो सामान लिएर महाराजगञ्जस्थित भतिजा सशाङ्कको निवास लाग्नेछन् । प्रधानमन्त्री हुनुअघि कोइराला सशाङ्कको निवासमा नै बस्थे ।

कोइराला केही समयपछि नै छुट्टै घर भाडामा लिएर बस्ने योजनामा रहेको पनि श्रोतले दावी गर्‍यो । ‘आफ्नालागि सुविधाजनक घर भाडामा लिएर बस्ने सोचमा हुनुहुन्छ’ श्रोतले भन्यो ।

August 14, 2008

तीन दलको बैठक सकियो, कांग्रेसबाहेक तीन दलको छलफल सुरु

प्रधानमन्त्रीको उमेदवारी दर्ता गर्ने दिन भएको नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको बैठक सकिएको छ ।
सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा भएको नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको छलफल सकिएको छ भने प्रमुख चार दलको बैठकको समय अझै निश्चित भएको छैन । साउन ३० गते भएको तीन दलको बैठक सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तीन दलबीच सहमति हुने या नहुनेबारे अहिले तीन बजे निश्चित हुने बताए । ‘एमाले, फोरम र हाम्रो प्रधानमन्त्रीमा एउटै उमेदवार हुन्छ कि फरक हुन्छ भन्ने अहिले तीन बजे टुङ्गो लाग्छ’ पौडेलले भने । (more…)

August 13, 2008

डा.उपेन्द्र देवकोटाको छोरी अपहरण गर्ने पक्राउ

प्रहरीले वरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्नेहरुलाई पक्राउ गरेको छ । पक्राउ गरिएकालाई २९ साउनमा पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटाका हेमबहादुर मगर छन् । मगर विगतमा डांका मुद्यामा समेत परेका थिए । प्रहरीका अनुसार तीनजना अभियुक्त फरार छन् । फरार भएकामा धनकुटाका कृष्ण र्राई, सिदार्थ लामा, रुपन्देहीका राजु थापा र सुनसरीका केशव मगर छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons